साताको शेयर: दुई अर्बको कारोवार « Khabarhub

साताको शेयर: दुई अर्बको कारोवार


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धितोपत्र बजारमा यस साता कूल १७० कम्पनीको करीब रु दुई अर्ब बराबरको शेयर कारोवार भयो ।

आर्थिक वर्ष २०७५/७६ को अन्तिम तीन दिन र चालू आर्थिक वर्षको दुई दिन खुलेको बजारमा कूल ८५ लाख ९९ हजार १७ कित्ता शेयर कारोवार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालू आर्थिक वर्ष शुरु भएपछिको दुई दिन कारोवार मापक नेप्से उतारचढावपूर्ण अवस्थामा रह्यो ।

अघिल्लो साता अर्थात् असार २६ गते बिहीबार एक हजार २४८ दशमलव ५३ मा पुगेर बन्द भएको कारोवार यस साताको पहिलो दिन अर्थात् आइतबार झिनो अङ्कले सुधार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९५ बिन्दुले बढेर एक हजार २४९.४९ बिन्दुमा पुग्यो ।

सो दिन नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औशत मात्रै रह्यो । कूल १६१ कम्पनीको १० लाख ४२ हजार ६४६ कित्ता शेयर रु २८ करोड ५२ लाख १४ हजार ५७२ मूल्यमा खरीद बिक्री भए ।

सोमबार भने करीब ४३ करोडको कारोवार भयो । कूल २९ लाख ७३ हजार ८४३ कित्ता शेयर बिक्री हुँदा दोस्रो बजारमा त्यस दिन १७० कम्पनीको शेयर कारोवार भयो । मङ्गलबार पनि कूल रु ३४ करोडको कारोवार हुँदा १६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता शेयर खरीद बिक्री भए ।

यस्तै बुधबार कारोवार मापक नेप्से परिसूचक लगानीकर्तालाई उत्साहित बनाउँदै दोहोरो अङ्कले वृद्धि भयो । सो दिन नेप्से परिसूचक १५.८५ अङ्कले बढेर एक हजार २४७.८६ मा पुग्यो । नेप्से परिसूचक दोहोरो अङ्कले बढे पनि कारोवार रकम भने औशतमै सीमित रह्यो । कूल १६७ कम्पनीका १३ लाख ७५ हजार १९० कित्ता शेयर रु ४२ करोड ६७ लाख ४३ हजार ४५८ मूल्यमा कारोवार भए ।

यस्तै बुधबार दोहोरो अङ्कले उकालो लागेर बन्द भएको बजारमा बिहीबार भने नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार २७२.४९ बिन्दुमा पग्यो । नेप्से ओरालो लागे पनि कारोवार रकम भने औशतमा रह्यो । कूल १५८ कम्पनीको १२ लाख ५० हजार ७०८ कित्ता शेयर रु ४१ करोड १३ लाख ६९ हजार २९९ मूल्यमा खरीद बिक्री भए ।

बजार पूँजीकरणका आधारमा यस साता पनि वाणिज्य बैंककै बोलवाला रह्यो । पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी कायम रहँदा नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यार्डड चार्टड बैंक, एभरेष्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबीआइ बैंक र कृषि विकास बैंक उत्कृष्ट दशौँ स्थानमा परे ।

यस्तै यस साता विभिन्न चार कम्पनीका शेयर स्टकमा सूचीकृत भए । त्यसमा एशियन लाइफ इन्स्योरेन्स कम्पनकिो ७५ लाख ४० हजार ३५२ कित्ता हकप्रद शेयर, एनएमबी लघुवित्त वित्तीय संस्थाको दुई लाख ११ हजार ३१२ कित्ता हकप्रद शेयर, नवील ब्यालेन्स फण्डको ११ करोड २० लाख एकाइ साधारण शेयर र कुमारी बैंकको कूल एक करोड ५२ लाख २१ हजार ७८१ कित्ता शेयर लाभांश सूचीकृत भएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ५ : ४० बजे

सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको

७५ रन जोडेर सूदरपश्चिमका क्रिस ‘रिटायर्ड आउट’

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

मधेसका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही– सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेसका ४०३ परिवार लाभान्वित

यथास्थितिमा एमाले चल्न सक्दैन, नयाँ नेतृत्व आउनुपर्छ : गोकुल बास्कोटा

काठमाडौं– सुरूमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र पूर्वपत्रकार