किशोरीलाई बन्धक बनाएको आरोपमा भारतीय नागरिक पक्राउ « Khabarhub

किशोरीलाई बन्धक बनाएको आरोपमा भारतीय नागरिक पक्राउ


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–किशोरीलाई बन्धक बनाएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँ कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदीप कुमारलाई बन्धक बनाएको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुर सूर्यविनायक बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदीपले शुक्रबार दिउँसो ललाइफकाई, धम्क्याई जबर्जस्ती कुलेश्वरस्थित आफ्नो कोठामा ल्याई बन्धक बनाएको प्रहरीले जनाएको छ ।

उक्त सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकु तथा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले किशोरीलाई उद्धार गरी प्रदीपलाई पक्राउ गरेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ९ : १५ बजे

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक