गैरसरकारी संस्था ‘लगामबिनाका घोडा’, सीमास्तम्भको सुरक्षामा ध्यान कहिले ? « Khabarhub

गैरसरकारी संस्था ‘लगामबिनाका घोडा’, सीमास्तम्भको सुरक्षामा ध्यान कहिले ?


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियारले पाठकमाथि कारबाही थाल्यो शीर्षकमा आजको राजधानी दैनिकले समाचार छापेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा मुछिएका पूर्व आयुक्त राजनारायण पाठकलाई कारबाही गर्नका लागि अनुसन्धान गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

त्यसैगरी काठमाडौंमा जामले सास्ती क्याप्सन सहितको जमलको सडकमा गाडीहरुको जामको फोटो छापेको छ । त्यस्तै सर्वोच्चका न्यायाधीश जोशीले दिए राजिनामा शीर्षकमा अर्को समाचार छापेको छ भने पहिलो पृष्ठमै गैरसरकारी संस्था ‘लगामबिनाका घोडाजस्ता’ शीर्षकमा अर्को समाचार छापेको छ ।

मुलुकको विकास, जनताको आयस्तरमा वृद्धि र सामाजिक उत्थानमा महत्वपूर्ण योगदान पु¥याएको दावी गर्दै आए पनि नेपालका गैरसरकारी संघसंस्था परम्परागत शैलीमै सञ्चालन भइरहेको र मुलुकको विकासमा खासै योगदान पु¥याउन नसकेको सरकारकै अध्ययनले देखाएको छ ।

त्यसैगरी पत्रिकाले पृष्ठ ८ मा भारतलाई जवाफ दिने पाकिस्तानको चेतावनी शीर्षकमा समाचार छापेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पुलवामा हमलालाई लएर पास्तिानमाथि लगाएको आरोपप्रति कडा आपत्ति प्रकट गरेका छन् ।
त्यस्तै, डोल्पा काइके गाउँपालिका–२ सहताराकी ४० वर्षीया शान्ति बुढाको प्रसव समस्या जटिल भएपछि हेलिकोप्टरबाट उद्दार गरी नेपालगन्ज मेडिकल कलेज शिक्ष अस्पताल कोहलपुर ल्याइएको समाचार छापेको छ ।

पत्रिकाले सीमास्तम्भको सुरक्षामा ध्यान देऊ शीर्षकमा सम्पादकीय छापेको छ । नेपाल–भारत सीमा क्षेत्रका तीन गुणभन्दा बढी सीमास्तम्भ हराएका छन् । नेपाल–भारतबीच भएका ८ हजार ५ सय ५४ सीमास्तम्भमध्ये २ हजार ३ सय ४४ वटा सीमास्तम्भ हराएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ६ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको