संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट! « Khabarhub

संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट!


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संघीय संसद सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले संसद सचिवालयले थन्काएर राखेका ३ स्कार्पियो, ६ कार, २ टाटासुमो र एउटा बस दुई साताअघि लगेको नागरिक दैनिकमा खबर छ । प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परिक्षण गर्दा बिग्रिएका नभई सद्दे अवस्थामै रहेको पाइएको छ । सचिवालयले सद्दे गाडीलाई बिग्रिएको भन्दै नयाँ किन्न थन्क्याएर राखेको हो । नयाँ किन्दा कमिसन पाइन्छ । कमिसनको मोहमा संसद सचिवालयका अधिकारीले सद्दे गाडीलाई थन्क्याएर राखेका हुन् ।

त्यस्तै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूलाई दायित्वबाट बञ्चित गराइएको भन्दै पदबाट राजीनामा दिएका छन् । उनले संवैधानिक र कानुनी दायित्व खोजिएको र अवसरमा बाधा पारिएको अवस्थामा पदमा बसिरहन उचित नठानेको बताएका छन् ।

त्यस्तै पूर्वआयुक्त पाठक घुस प्रकरणः अख्तियारको छानबिन सुरु शीर्षकको समाचारमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारलाई नै उजुरी मानेर घुस प्रकरणमा मुसिएका पूर्व आयुक्त राजनारायण पाठकले गरेको अनियमितताका विषयमा अख्तियारले छानबिन थालेको छ ।

‘एनओसी लेटर’ लिने बढे शीर्षकको समाचारमा पछिल्लो दुई वर्षको अवधिमा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या एक लाख नाघेको उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको दैनिक भीड लाग्ने गरेको छ ।

त्यस्तै मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका समिम अन्सारीमाथि संसदीय समितिले छानबिन थालेको छ । समितिको हिजो (मंगलबार) को बैठकले अन्सारीको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, पार्टी सदस्यताका विषयमा पनि छानबिन थालेको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ६ : ५१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया