सिंहदरबारको एउटै पर्खालभित्रका मन्त्रालयबीच समन्वय भएन, राष्ट्रिय गौरवका आयोजनामा अवरोध « Khabarhub

सिंहदरबारको एउटै पर्खालभित्रका मन्त्रालयबीच समन्वय भएन, राष्ट्रिय गौरवका आयोजनामा अवरोध


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सिंहदरबारभित्रका मन्त्रालयबीचको आपसी समन्वय नहुँदा राष्ट्रिय गौरवका आयोजनामा अवरोध भएको नयाँ पत्रिकामा खबर छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनास्थल पहिलो चरणकै रुख कटान प्रक्रियामै अल्झिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले रुख कटानको अनुमतिका लागि वन मन्त्रालयलाई असारमै पत्रचार गरेपनि वन मन्त्रालयले अनुमति दिएको छैन् ।

त्यस्तै झापाको भद्रपुरदेखि कञ्चनपुरको दोधारासम्म एक हजार ६ सय ६३ किमी लम्बाईको हुलाकी राजमार्ग सुरु भएको तीन दशकपछि मुद्दा सर्वोच्च अदालत पुगेको छ । अदालतमा पुगेको मुद्दामा प्रधानमन्त्री कार्यालय विपक्षी छ भने, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण नगर्न सर्वोच्चले आदेश दिएको छ । त्यस्तै पूर्वपश्चिम विद्युतीय रेलमार्गको पनि चितवन राष्ट्रिय निकुञ्जको अनुमति नपाएपछि पूर्वपश्चिम रेलमार्गको रुट नै परिवर्तन भएको छ ।

त्यसैगरी इराक लैजान लागिएका १७९ नेपालीको भारतबाट उद्धार भएको छ । म्यानमार हुँदै नेपालीको इराकमा तस्करी हुने गरेको प्रहरीले जनाएकोछ ।

दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएका छन् । यो घटनामा प्रहरीले दोषीलाई कारबाही गर्नुको साटो मिल्न दबाब दिएको पाइएको छ । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका १८ का ललिता मरिक र उनकी छोरी अमिरकालाई घरमै गएर कुटपिट गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ७ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको