सुदुरपश्चिम प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन : समृद्धिका लागि एकता अपरिहार्य « Khabarhub

सुदुरपश्चिम प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन : समृद्धिका लागि एकता अपरिहार्य


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले एकताबाटमात्र देशको समृद्धि सम्भव हुने बताएका छन् । सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको अहिलेको प्राथमिकता विकास, निर्माण र सुशासन भएकाले यसलाई कार्यान्वयन गर्न सबै एक भएर अघि बढ्नुपर्ने बताए । जनताका काम सबैको साझा काम भएकाले सरकारले जनताले प्रत्याभूति गर्ने गरी काम गर्ने र त्यसका लागि सबै एक जुट भएर अघि बढ्नुपर्ने बताए ।

उनले संविधानसभामार्फत नयाँ मूल्य र मान्यतासहितको संविधान ल्याएको बताए । नयाँ संविधानमार्फत तीन तहको निर्वाचन सम्पन्न हुनुका साथै अहिले ७ सात सय ५३ स्थानीयसहित प्रदेश र केन्द्रीय सरकारले काम गरिरहेको उनले बताए ।

लामो समयसम्मको अस्थिर राजनीतिबाट मुलुक स्थिरतातर्फ अघि बढेको भन्दै प्रधानमन्त्रीले देशको मुहार फेर्न ज्यान कै बलिदानी दिने शहीदहरुप्रति सदा सम्मान रहने बताए । विगत २००७ सालदेखि कै इतिहास हेर्दा नेपालमा कुनै पनि सरकारले ५ वर्ष सत्ता सञ्चालन गर्न नसकेको भन्दै आफू नेतृत्वको वर्तमान सरकारले आम नेपालीको चाहाना, भावना र आकांक्षालाई सम्बोधन गर्दै काम गर्ने बताए ।

उनले आफूले सरकारको नेतृत्व गरेको फागुन ३ गते एक वर्ष पुगेको वताउँदै यो वर्ष सरकारले विकास र समृद्धिका लागि आधार वर्ष बनाएको र अर्को वर्षदेखि सरकारले गरेका काम जनतासमक्ष स्पष्ट देखिने बताए।

उनले कृषि, पर्यटनलगायतका क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले ओलीले अब विस्तारै सबैकामलाई प्रविधिमैत्री बनाएर लैजाने पनि बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ९ : ४० बजे

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर