सुदुरपश्चिम प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन : समृद्धिका लागि एकता अपरिहार्य « Khabarhub

सुदुरपश्चिम प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन : समृद्धिका लागि एकता अपरिहार्य


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले एकताबाटमात्र देशको समृद्धि सम्भव हुने बताएका छन् । सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको अहिलेको प्राथमिकता विकास, निर्माण र सुशासन भएकाले यसलाई कार्यान्वयन गर्न सबै एक भएर अघि बढ्नुपर्ने बताए । जनताका काम सबैको साझा काम भएकाले सरकारले जनताले प्रत्याभूति गर्ने गरी काम गर्ने र त्यसका लागि सबै एक जुट भएर अघि बढ्नुपर्ने बताए ।

उनले संविधानसभामार्फत नयाँ मूल्य र मान्यतासहितको संविधान ल्याएको बताए । नयाँ संविधानमार्फत तीन तहको निर्वाचन सम्पन्न हुनुका साथै अहिले ७ सात सय ५३ स्थानीयसहित प्रदेश र केन्द्रीय सरकारले काम गरिरहेको उनले बताए ।

लामो समयसम्मको अस्थिर राजनीतिबाट मुलुक स्थिरतातर्फ अघि बढेको भन्दै प्रधानमन्त्रीले देशको मुहार फेर्न ज्यान कै बलिदानी दिने शहीदहरुप्रति सदा सम्मान रहने बताए । विगत २००७ सालदेखि कै इतिहास हेर्दा नेपालमा कुनै पनि सरकारले ५ वर्ष सत्ता सञ्चालन गर्न नसकेको भन्दै आफू नेतृत्वको वर्तमान सरकारले आम नेपालीको चाहाना, भावना र आकांक्षालाई सम्बोधन गर्दै काम गर्ने बताए ।

उनले आफूले सरकारको नेतृत्व गरेको फागुन ३ गते एक वर्ष पुगेको वताउँदै यो वर्ष सरकारले विकास र समृद्धिका लागि आधार वर्ष बनाएको र अर्को वर्षदेखि सरकारले गरेका काम जनतासमक्ष स्पष्ट देखिने बताए।

उनले कृषि, पर्यटनलगायतका क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले ओलीले अब विस्तारै सबैकामलाई प्रविधिमैत्री बनाएर लैजाने पनि बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ९ : ४० बजे

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

मानव जीवनको मर्यादा सम्मान गर्न आह्वान गर्दै पोप लियोको फ्रान्स भ्रमण

भ्याटिकन सिटी- पोप लियो चौधौँ सप्ताहन्त भ्रमणका लागि फ्रान्स जाँदै

वर्षाका कारण ल्याण्डफिल साइट प्रभावित, महानगरले भन्यो ‘घरको फोहोर बाहिर ननिकाल्नु’ 

काठमाडौं– अविरल वर्षाका कारण ल्याण्डफिल साइटतर्फ जाने सडक प्रभावित भएपछि

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका