सफलताको सुत्र : वर्तमानमा केन्द्रित भएर भविष्यलाई दिमागमा राख्नुहोस् « Khabarhub

सफलताको सुत्र : वर्तमानमा केन्द्रित भएर भविष्यलाई दिमागमा राख्नुहोस्


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक वृद्ध आफू आकाशका ताराहरुलाई हेरेर अरु मानिसको भविष्य बारे बताईदिन सक्ने दाबी गर्थे । हुनपनि उनको ध्यान सँधैजसो आकाशका ताराहरुमै हुन्थ्यो । जब राति भएर ताराहरु आकाशमा देखिन्थे तब उनि आफ्नो घर बाहिर निस्किएर तारा हेर्न थाल्थे । अनि कहिलेकाहीं गाउँलेहरुलाई जम्मा गरेर ती ताराहरु हेर्दै उनीहरुको भविष्य बताईदिन्थे ।

त्यस्तै प्रक्रिया निरन्तर चलिरहेको थियो । यस्तैमा एकदिन राति ती वृद्धले तारा हेरिरहेको समयमा एउटा तारा खस्दै गरेको देखे । त्यसपछि उनी हतार/हतार छिमेकीलाई बोलाउंदै बाहिर निस्किए । आकाशतिर हेर्दै छिमेकीलाई बोलाउन हिंडेका उनी एउटा खाडलमा जाकिए ।

छिमेकीले चर्पी बनाउनको लागि खनेको त्यो खाल्डो निकै गहिरो थियो । ताराहरु हेरेर छिमेकीको भविष्य बताउन निस्केका ती वृद्ध आफै खाडलमा परे । जब ती बृद्ध खाडलमा खसे तब छिमेकीहरु खासखुस गर्न थाले । हाम्रो भविष्य बताउन निस्केका बाजेलाई आज आफ्नै भविष्य थाहा रहेनछ ।

हो, भविष्य कसैले देख्दैन अनुमान गर्ने मात्र हो । भविष्यलाई दिमागमा राख्नुहोस् । तर, वर्तमानमा केन्द्रित हुनुहोस् । यदि तपाईं भविष्यमा मात्र केन्द्रित रहेर भविष्यकै सपनामा डुबेर मात्र बस्नु भयो भने वर्तमानको खाडलमा पर्न बेर छैन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १० : ३० बजे

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई