मोबाईलको चार्ज टिक्दैन ? यो हो चार्ज गर्ने सही तरिका « Khabarhub

मोबाईलको चार्ज टिक्दैन ? यो हो चार्ज गर्ने सही तरिका


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नयाँ–नयाँ टेक्नोलोजीसँगै फोनहरु विकसित हुँदै गएका छन् । सुविधाहरु बढिरहेका छन् । स्मार्टफोनमा खासै सुधार हुन नसकिरहेको एउटै समस्या हो– ब्याट्री लाइफ ।

महँगा र आधुनिक प्रविधिका स्मार्ट फोनमा झन ब्याट्री धेरै नटिक्ने समस्या हुन्छ । ब्याट्रीको चार्ज सकिएपछि चार्ज गर्न पनि घन्टौं समय लाग्छ । तर केही उपाय अपनायौं भने चार्ज चाडो हुने गर्छ । सही तरिकारले कसरी गर्ने मोबाइल चार्ज ? केही टिप्स यस्ता छन्–

मोबाइललाई फ्लाइट मोडमा राख्नुहोस्

यो एकदम सामान्य र सजिलो तरिका हो । जसबाट एकदमै तीव्र गतिमा मोबाइल चार्ज गर्न सकिन्छ । फ्लाइट मोडमा मोबाइल राख्दा सबै फङ्सन बन्द हुँदैनन् । तर, जब तपाईंले फोन फ्लाइट मोडमा राख्नुहुन्छ तब फोन गर्न मिल्दैन र जिपिएसजस्ता फिचरहरूले काम गर्न बन्द हुन्छ ।

फोन पूरै बन्द गरेर चार्ज गर्ने

मोबाइल फोन चार्जका बारेमा मानिसहरुका आ–आफ्नै तर्क भए पनि मोबाइल चार्ज गर्दा फोन अफ गरेर चार्ज गर्दा चार्ज चाडो हुने गर्छ । फोन अन नै राखेर चार्ज गर्दा यो बिग्रन्छ भन्ने पनि गरिन्छ । तर, यो गलत हो । तर, मोबाइल चलाउँदै चार्ज गर्दा भने ब्याट्रीमा समस्या निम्तिन्छ । मोबाइल तात्ने समस्या बढी देखिन्छ ।

मोबाइल युएसबी पोर्टबाट चार्ज नगर्नु उत्तम

मोबाइल फोन युएसबी पोर्टबाट भन्दा बिजुलीबाट धेरै छिटो चार्ज हुन्छ । उदाहरणका रूपमा एप्पल फोनका लागि उक्त कम्पनीको सुझाब छ कि मोबाइल फोन बिजुलीबाट मात्र चार्ज गर्नुहोस् ।

तापक्रम मिलाउनुहोस्

तात्ने गरी ब्याट्री राख्दा यसको क्षमतामा ह्रास आउँछ । उदाहरणका लागि एप्पलका अनुसार गर्मीको कारण मोबाइलको ब्याट्रीको क्षमता खराब हुन्छ । फोनलाई घामबाट पनि टाढा राख्नुपर्छ ।

आधिकारिक चार्जर मात्र प्रयोग गर्नुहोस्

सबै चार्जर एउटै देखिन्छन्, तर एउटै भने कहिल्यै हुँदैनन् । सबैभन्दा राम्रो फोनको आधिकारिक चार्जरबाट मात्र चार्ज गर्नु हुन्छ । यसले सुरक्षित तरिकाबाट सबैभन्दा राम्रो परिणाम दिन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : ०६ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत