नेपालको अवैध धन र भ्रष्टाचार नियन्त्रण गर्न भारतमा तालिम « Khabarhub

नेपालको अवैध धन र भ्रष्टाचार नियन्त्रण गर्न भारतमा तालिम


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा सुशासन कायम गर्न २० अधिकारीहरु भारतमा तालिम लिन थालेका छन् । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी भारतमा जारी तालिममा नेपालका २० अधिकारी सहभागी छन् ।

अधिकारीहरूले कालो धनविरूद्धको अनुसन्धानमा नेपाली निकायहरूको क्षमता अभिवृद्धिका लागि यो तालिम फलदायी हुने विश्वास छ। पछिल्लो अभियान अन्तर्गत ६० जना नेपाली अधिकारीहरूले भारतमा तालिम लिने बीबीसीले उल्लेख गरेको छ ।

सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रण गर्ने निकायको अनुसन्धान क्षमता बलियो बनाउन अहिलेको तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

नेपाल सरकारको अनुरोधमा भारतको फरिदाबादस्थित (एनएसीआइएन) भनिने भन्सार, अप्रत्यक्ष कर र लागूऔषधसँग जोडिएको राष्ट्रिय एकेडेमीमा ६ दिने तालिम शुरू भएको हो।

एनएसीआइएन अवैध धनको कारोबारसहितका वित्तीय अपराध अनुसन्धानको विषयमा तालिम उपलब्ध गराउने भारतको सर्वोच्च संस्था हो।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : ०८ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि