अध्ययनले देखायो- करेन्ट लागे चम्किन्छ दिमाग ! « Khabarhub

अध्ययनले देखायो- करेन्ट लागे चम्किन्छ दिमाग !


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  बिजुलीका नाङ्गा तार देख्दा जो कोही डराउँछन् । तारहरु सर्ट हुँदा आगलागीको जोखिम पनि बढ्ने गर्छ । करेन्ट लागेर मानिसको ज्यान समेत जाने गर्छ ।

तर एक अध्ययनले भने करेन्ट लाग्दा मानिसहरुको दिमाग तेजिलो हुने निष्कर्ष निकालेको छ । विद्युत्को स्वीच अन गर्दा नै मानिसको मस्तिष्कलाई निकै धेरै फाइदा पुग्ने दाबी गरिएको छ । यतिमात्र होइन, यसले सिर्जनशीलता पनि बढाउने गर्छ ।

जर्मनीको फ्रिबर्ग विश्वविद्यालयका शोधार्थी एलिजावेब हर्नस्टिन र उनका सहयोगीहरुले यस सम्बन्धी अध्ययन गरी सो निष्कर्ष निकालेका हुन् । बिजुलीको स्विच अन गर्दा दिमागमा बिजुलीको झट्का पुग्ने, यसरी झट्का लाग्दा वा करेन्ट लाग्दा दिमागको कोशिकालाई सकारात्मक असर पर्ने उनीहरुले बताएका छन् । न्युरोसाइन्टिस्टहरुले पनि यसलाई सकारात्मक रुपमा लिएका छन् ।

ब्रेन स्टिमुलेसन नामको एक पत्रिकामा प्रकाशित शोधका अनुसार यो कुरा केही विद्यार्थीमा टेस्ट पनि गरिएको थियो । र, ती विद्यार्थीको नतिजा राम्रो रहेको उनीहरुले निष्कर्ष निकालेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ७ : २७ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई