स्याउ एक फाइदा अनेक « Khabarhub

स्याउ एक फाइदा अनेक


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

स्याउ हरेक मौसममा सजिलै उपलब्ध हुने फल हो । यो स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायी हुन्छ । स्याउ नियमित खाएमा हाम्रो शरीरलाई चाहिने आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ ।

खासगरी, ब्रेकफास्टका रूपमा खानु उपयुक्त मानिन्छ । स्याउ बोक्रासहित खानुपर्छ, ब्रोका निकालेर खाँदा पोषक तत्व निस्केर जाने विशेषज्ञहरु बताउँछन् । स्याउ खाँदा हाम्रो शरीरलाई पुग्ने फाइदा यस्ता छन्–

–स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ ।

–स्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत् राख्न पनि सघाउ पुर्‍याउँछ ।

– स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ । पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमशः कम हुँदै जान्छ ।

–स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।

–नियमित स्याउ खाँदा मोटोपन हटाउन सहयोगी हुन्छ । साथै, मोटोपनबाट हुने हृदयाघात, डायबिटिज, मुटुरोगजस्ता विभिन्न समस्याको सम्भावना हुँदैन ।

–मिर्गौलामा हुने पत्थरीबाट बच्न स्याउको सेवन लाभदायी हुन्छ । साथै, बिरामीले खाएमा पत्थरीका कारण हुने दुखाइबाट आराम मिल्छ ।

– हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई २३ प्रतिशत रोक्न सकिन्छ । साथै, यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ ।

– ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ । यसरी पित्तथैलीमा हुने पत्थरीबाट जोगिन मद्दत पुग्छ ।

– स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ । यसले न्युरोट्रान्समिटर घटाउन रोक्छ । न्युरोट्रान्समिटरले हाम्रो स्मरणशक्तिलाई राम्रो बनाउँछ । स्याउले हाडलाई पनि बलियो बनाउँछ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ९ : २१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर