श्रीमती र नाबालक छोराको जिउमा तेल छर्केर आगो लगाउने व्यक्ति पक्राउ « Khabarhub

श्रीमती र नाबालक छोराको जिउमा तेल छर्केर आगो लगाउने व्यक्ति पक्राउ


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– आफ्नै श्रीमती र नाबालक छोराको जिउमा तेल छर्केर आगो लगाउने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेख गाउँपालिका–१ धारापानी घर भएको जीवेश लम्साल छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार जीवेशले घरायसी विवादका कारण आफ्नै श्रीमती बिमला लम्साल र २ वर्षीया छोराको जिउमा तारपिनको तेल छर्केर आगो लगाएका थिए ।

जीवेशले आगो लगाएका कारण आमा र छोरा घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जीवेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १ : ५९ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको