संसदमा स्वास्थ्यमन्त्रीलाई प्रश्नः प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल नेपालमा छैन ? « Khabarhub

संसदमा स्वास्थ्यमन्त्रीलाई प्रश्नः प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल नेपालमा छैन ?


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार गर्ने क्षमताको अस्पताल नेपालमा नभएको हो भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद सुवालले केही समयअघि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली बिहीबार पुनः सिंगापुर जान लागेको भन्दै स्वास्थ्य मन्त्री यादवलाई नेपालमा प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल नभएर हो भनेर प्रश्न गरेका हुन् ।

‘भर्खरै प्रधानमन्त्री केपी ओली सिंगापुरमा स्वास्थ्य उपचार गरी फर्कनु भयो, फेरि भोलि स्वास्थ्य उपचारका लागि सिंगापुर नै जानुपर्ने भयो,’ सांसद सुवालले प्रश्न गरे, ‘के प्रधानमन्त्री ज्यूको स्वास्थ्य उपचार गर्ने क्षमता भएको अस्पताल नेपालमा छैन र ?’

सांसद सुवालले प्रधानमन्त्रीको उपचार गर्ने उपकरण नेपालमा नभएकाले प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेको चिकित्सकले बताएको भन्दै उनले सोही उपकरण नेपालमा ल्याएर नेपाली जनतालाई पनि प्रधानमन्त्रीले पाउने उपचार सेवा लिनुपर्ने माग समेत गरे ।

सांसद सुवालको प्रश्नमा जवाफ दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले नेपालमा धेरै रोगहरुको उपचार सम्भव भएको भन्दै केही जटिल अवस्थामा बाहिर जानुपर्ने अवस्था रहेको बताए ।

स्वास्थ्य मन्त्री यादवले प्रधानमन्त्रीको स्वास्थ्य उपचारका लागि नेपाली डाक्टरले नै बाहिर रेफर गरेकाले प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री यादवले अन्य सांसदहरुको समेत जवाफ दिँदै नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई तत्काल शिक्षण अस्पताल बनाउने कार्यक्रम नरहे पनि प्रदेश नं ५ कै उत्कृष्ट विशिष्टीकृत अस्पताल बनाइने बताएका छन् । उनले प्रत्येक प्रदेशमा विशिष्टीकृत अस्पताल स्तरोन्नति गर्ने सरकारको योजनानुसार भेरी अञ्चल अस्पताललाई स्तरोन्नति गर्न गत आवमा शुरु भइसकेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री यादवले गजेन्द्रनारायण सिंह अस्पताललाई स्तरोन्नति गर्ने सम्बन्धमा सो अस्पताललाई आधार बनाएर रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न आदेश आइसकेको बताए । त्यसका लागि बजेट पनि विनियोजन भइसकेको स्वास्थ्यमन्त्री यादवको भनाइ छ ।

सांसद प्रेम सुवालले सर्वसाधारणले उपचार गर्ने सरकारी अस्पतालमा भएको समस्याको अन्त्य कहिले हुन्छ भनेर अर्को प्रश्न समेत गरेका थिए । सांसद सुवालको प्रश्नमा  स्वास्थ्य मन्त्री यादवले सरकारी अस्पतालमा जनताको सहज उपचारका लागि विभिन्न व्यवस्था गरिएको बताए ।

मन्त्री यादवले सरकारी अस्पतालका विशिष्टीकृत चिकित्सक निजी अस्पतालमा काम गर्ने प्रवृत्ति रोक्न एक चिकित्सकले एक अस्पतालमा मात्र काम गर्न पाउने कानूनी व्यवस्था गरी लागू गरिएको बताए ।

नेपालमा खपत हुने कूल औषधिमध्ये करीब ४० प्रतिशत आन्तरिक उत्पादनबाट पूर्ति हुने गरेको भन्दै स्वास्थ्य मन्त्री यादवले नेपालमा बन्ने औषधिको अधिकांश कच्चा पदार्थ चीनबाट आयात हुने गरेको बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ६ : ०८ बजे

रास्वपा महाधिवेशन : हातमा चिट बोक्न नपाइने, नत्र उम्मेदवारी खारेज हुने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा