रवि लामिछानेमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप « Khabarhub

रवि लामिछानेमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध थप अनुसन्धान गर्न पुनः ५ दिनको म्याद थप गरिएको छ ।

चितवन जिल्ला अदालतले रवि लामिछानेसहित न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो ।

गत बिहीबार काठमाडौंबाट पक्राउ परेका लामिछाने, कँडेल र कार्कीलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो ।

शालिकराम मृत्यु प्रकरणमा रविसहित युवराज र अस्मिताले आत्महत्या दुरुत्साहनको कसुर गरेको भन्दै तीनै जनालाई पक्राउ गरेको थियो ।

अदालतले म्याद थपेसँगै अब रवि, युवराज र अस्मिताले ५ दिनसम्म प्रहरीको हिरासतमै रहनुपर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले अस्मिता र युवराजको साबिति बयान लिइसकिएको जनाएको छ । युवराजको लिखित र अस्मिताको भिडियो बयान लिइएको जनाइएको छ ।

रविको भने मंगलबार विहान बयान लिने क्रम शुरु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक पत्रकार पुडासैनीको शवको पोस्टमार्टम रिपोर्ट लगायत अन्य प्रमाण अदालतमा पेश गरेको जनाएको छ ।

रविमाथि अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार अदालती समयको शुरुवातमै उपस्थित गराइएपनि रविको पक्षमा अधिवक्ताको बहसका कारण म्याद थपको आदेश ढिला मात्रै आएको हो ।

चितवन जिल्ला अदालत स्रोतका अनुसार मंगलबार करिब आधा दर्जन अधिवक्ताहरुले रविको प्रतिरक्षामा बहस गरेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ५ : १७ बजे

अमेरिकी विमानवाहक युद्धपोतमा आगो लाग्दा दुई जना घाइते

काठमाडौं- लाल सागरमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

नारायणगढ– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने्

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा