एन्फा यु–२१ टिम पहिलो खेलमा पराजित « Khabarhub

एन्फा यु–२१ टिम पहिलो खेलमा पराजित


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी– ‘डा टी आओ फुटबल च्याम्पियनसिप’अन्तर्गतको पहिलो खेलमा अखिल नेपाल पुटबल संघ (एन्फा) यु–२१ टोली पराजित भएको छ ।

उत्तर पूर्वीय प्रदेश मेघालयविरुद्धको खेलमा नेपाल २–३ ले पराजित भएको हो ।

खेलको १५ औं मिनेटमा रोबर्ट खोङ्गको गोलबाट मेघालयले अग्रता लिएको थियो । नेपालका तर्फबाट रेजिन सुब्बाले ३८ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए पनि दोस्रो हाफपछि नेपालले दुई गोल खायो ।

मेघालयका लागि सइबुर नंगरुमले खेलको ७६ औं मिनेटमा दोस्रो गोल गरे भने इन्जुरी टाइमको ९३ औं मिनेटमा फिगो सेन्डियाले तेस्रो गोल गरे ।

इन्जुरी टाईममा मेघालयका खेलाडीको डिबस्क भित्र ‘ह्यान्ड’ गरेपछि प्राप्त पेनाल्टीलाई नेपालका प्रिजन तामाङले गोलमा परिणत गरेपनि टिमलाई जीत दिलाउन सकेनन् ।

एन्फा यु–२१ को टोलीले अर्को खेल बिहीवार भारतीय राज्य त्रिपुरासँग खेल्ने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ४ : ४७ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ