राष्ट्रियसभा शून्य समयः पाठकको भ्रष्टाचार काण्डदेखि काष्ठमण्डपको थामसम्मका प्रसंग « Khabarhub

राष्ट्रियसभा शून्य समयः पाठकको भ्रष्टाचार काण्डदेखि काष्ठमण्डपको थामसम्मका प्रसंग


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको शून्य समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्व आयुक्त राजनारायण पाठकले गरेको भ्रष्टाचारको मुद्दा अदालत सम्म ल्याउन माग गरिएको छ ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा नेकपाका सांसद राम नारायण विडारीले विद्यमान धेरै कानुनले अनुसन्धान गरी कानूनी कारबाही अगाडि बढाउन सकिने अवस्था रहेकोले अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरे ।

राष्ट्रिय सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नेपालको पानी जनताको लगानी कार्यक्रममा तमोर र बुढीगण्डकी जस्ता आयोजना किन नसमेटिएको भन्दै प्रश्न गरेका थिए ।सांसद अधिकारीले एक दैनिक पत्रिकामा आएको समाचार पढ्दै दुवै आयोजना बिदेशी कम्पनीलाई बेचिएको होकी भनेर आशंका रहेको बताए ।

सांसद बृशेष चंद्रलालले मेलम्ची खानेपानी आयोजनामा भएको अनियमितता सतहमा आएको भन्दै दोषीलाई कारबाहीको माग गरे । मन्त्री र सचिवको जुहारीले अनियमितता भएको प्रष्ट भएकोले आफूलाई भ्रष्टाचारविरुद्ध उभ्याएको सरकारले कसरी कारबाही गर्छ भनेर प्रश्न गरे ।

राष्ट्रियसभाको शून्य समयमा सांसद रामप्रित पाशवानले धनुषा जिल्लामा पछिल्लो समय महिला माथिको हिंशाको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गरे ।  यस्तै सांसद सरिता प्रसाइले निर्माण थालिएको काष्ठमण्डपको तीन वटा थाम नयाँ र एउटा पुरानो मिसाएर गाडिएकोले संरचना कमजोर हुन सक्ने भन्दै पर्यटन मन्त्रीको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ६ : १३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण