भारत हुँदै तेस्रो देश पठाउने ३ सयभन्दा बढी मानवतस्कर सक्रिय (सूचीसहित) « Khabarhub

भारत हुँदै तेस्रो देश पठाउने ३ सयभन्दा बढी मानवतस्कर सक्रिय (सूचीसहित)


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– रोजगारीका लागि भारत भएर अन्य देश जाने नेपाली युवायुवती एजेन्टको फन्दामा पर्ने गरेको घटनाहरुमा बृद्धि भएको छ । खबरहब डटकमले भारत हुँदै तेस्रो देशमा नेपाली युवायुवतीलाई पठाउने गिरोह नै सक्रिय रहेको समाचार यसअघि नै प्रकाशन गरेको छ ।भारतमा बसेर नेपाललीलाई वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने एजेन्टहरुको ठूलो गिरोह नै दिल्ली लगायतका भारतीय सहरमा सक्रिय रहेको तथ्य खबरहबको स्थलगत खोजमा फेला परेको छ ।

यसैगरी भारतस्थित नेपाली राजदूतावासले रोजगारीका नाममा मानव तस्करीमा संलग्न ३ सयभन्दा बढी एजेन्ट (दलाल) को नाममा संकलन गरेको छ । वैदेशिक रोजगारीका लागि भातर हुँदै तेस्रो देशजाने युवायुवती ठगिने क्रम बढेपछि दलालहरुको पहिचान गरेर विवरण संकलन गरेको भारतस्थित नेपाली राजदूतावास स्रोतले जनाएको छ । भारतमा बसेर नेपाली युवायुवतीलाई तेस्रो देश पठाउन सक्रिय रहेकाहरुको नामावालीसहितको विवरण संकलन गरेर कारबाहीका लागि नेपाल सरकारलाई सिफारिश गर्न लागिएको दूतावास स्रोतले जनाएको छ ।

पछिल्लो सयम भारत हुँदै तेस्रो देश जान दिल्ली लगायतका अन्य शहरमा आएका नेपालीहरु अलपत्र पर्ने गरेको र ठगीमा परेको उजुरीहरुको संख्यामा वृद्धि भएपछि दूतावासले एजेन्टहरुको पहिचान र नामावली संकलन गरेको हो । ‘धेरै नेपाली युवायुवती ठगिने र दलालले फसाउन थालेपछि हामीले उनीहरुको पहिचान गर्न शुरु गरेका हौं’ दूतावासका एक अधिकारीले भने, ‘हामीले विभिन्न समयमा ३ सय भन्दा धेरै ऐजेन्टहरुको नाम संकलन गरेका छौं । उक्त लिस्टलाई हामी नेपाल सरकारलाई बुझाउने तयारी गरेका छौं ।’

तेस्रो देश रोजगारीका लागि जान आएका अधिकांश युवा युवती एजेन्टमार्फत भारत आउने गरेको बताउँदै दूतावासका कर्मचारीले भने, ‘भारत हुँदै तेस्रो देश जानका लागि आएका धेरै नेपाली नागरिक दिल्लीमा अलपत्र अवस्थामा रहेका छन् । प्रत्येक रोजगारीमा जाने व्यक्तिले एजेन्टलाई ठूलो रकम बुझाउने गरेका छन् । तेस्रो देश रोजगारीमा जाने आएका कतिपय व्यक्तिलाई कुन देश जान एजेन्टलाई पैसा बुझाएको भनेसमेत थाहा हुँदैन ।’

त्यतिमात्र होइन विदेश जान खोज्ने नेपालीले आफूले पैसा बुझाएको एजेन्टको समेत पहिचान गर्न सक्दैनन् । उनीहरुले एजेन्टले आफूसँग एजेन्टले कहाँ बसेर डिल गरिरहेको छ भन्ने समेत थाहा पाउन सक्दैनन् । दूतावासमा पर्ने गरेको उजुरीहरुमा पीडितले आफूले पैसा दिएको एजेन्ट पहिचान गर्न नसक्ने र एजेन्टलाई अन्य मानिसको माध्यमबाट पैसा दिएको उल्लेख गरिएका हुने गरेको छ ।

दिल्लीमा बसेर एजेन्टले रोजगारीमा जाने व्यक्तिकै नाममा अर्को व्यक्तिबाट पैसा पठाउन लगाएर पीडितलाई नै फसाउने गरेको घटना समेत हुने गरेका छन् । यसरी पीडितलाई आर्थिक लेनदेनमा फसाएर एजेन्टले उन्मूक्ति पाउने गरेका छन् । भारत हुँदै पोल्याण्ड, माल्टा, हङकङ, इजरायल, युएई, ब्रुनाई, नर्वे, क्यानडा लगायतका राम्रो कमाइ हुने रोजगारदाता कम्पनीमा पठाइए दिने भन्दै एजेन्टले २० लाखसम्म ठगी गर्ने गरेका छन् । मुम्बई र नयाँ दिल्लीको सिमानामा धेरै एजेन्टहरु सक्रिय हुने गरेका छन् ।

कस्तो छ कानूनमा व्यवस्था

वैदेशिक रोजगार ऐनमा रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एजेन्टलाई जरिवाना सहित ५ वर्षको जेल सजाय हुने प्रावधान छ । तर, यो क्षेत्रलाई नियमन गर्न वैदेशिक रोजगार विभागले पनि एजेन्टमार्फत ठगिएका कामदारलाई आर्थिक क्षतिपूर्ति भराउन सकेको छैन ।

रोजगारीका नाममा पछिल्लो समय व्यक्तिगत ठगीका घटना धेरै बढ्दै गएका छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा वैदशिक रोजगार विभागमा व्यक्तिगत ठगीका मुद्दा ८ सयभन्दा धेरै परेका छन् । विभागमा विकशित देश लैजाने आश्वासन दिएर ठूलो रकम ठगी गरेको उजुरी पीडितले गर्ने गरेका छन् ।

सरकारले वैदेशक रोजगारीका नाममा भइरहेको ठगी र विकृति रोक्ने प्रयास गरिरहेको विभागका महानिर्देशक दिलिपकुमार चापगाई बताँउछन् । रोजगारीको खोजीमा रहेको युवायुवती पहिचान नै नखुलेका एजेन्ट र पटक–पटक ठगी मुद्दामा संग्लन व्यक्तिबाट समेत ठगिने गरेका छन् ।

उनले भने, ‘रोजगारीको प्रलोभन देखाएर ठगी गर्न ठूलो ग्रिरोह नै सक्रिय छ । यस्तो गिरोहको सञ्जाल देश विदेशमा सक्रिय भएर रोजगार युवालाई निशाना बनाएर आर्थिक शोषण गर्छन् । ठगी नियन्त्रण विरुद्ध सवैले साझा अभियान चलाउनुपर्छ ।’

दूतावास स्रोतबाट प्राप्त सूची,

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ११ : २८ बजे

बालेनको अभिव्यक्तिले नेपालको अडान कमजोर बनाउन सक्छ : कुलमान घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र

सगरमाथाको चुचुरोमा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा

काठमाडौं – युवाहरूको नेतृत्व, नवप्रवर्तन र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय संसद्मा दिएको सीमा सम्बन्धी

प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध १० विद्यार्थी सङ्गठनको विरोध, तत्काल माफी माग्न माग

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सङ्घीय संसद्मा नेपालको सीमा

पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार