माग पूरा नभए ग्यास उद्योग बन्द गर्ने चेतावनी « Khabarhub

माग पूरा नभए ग्यास उद्योग बन्द गर्ने चेतावनी


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एल पि ग्यास उद्योग संघले माग सम्बोधन नभए सम्पुर्ण एल पि ग्यास उद्योगहरु पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएको छ । नेपाल एल पि ग्यास उद्योग संघले बुधबार राजधानी काठमाण्डौमा पत्रकार सम्मेलन गरि विरोधका कार्यक्रमबारे जानकारी गराएको हो ।

संघले फागुन २८ गते देखि मुलुकभरका सम्पुर्ण एल पि ग्यास उद्योगहरु बन्द गर्ने र ३० गते देखि सम्पूर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्रिवितरण ठप्प पार्ने जनाएको छ ।

संघले फागुन १६ गते सम्म माग सम्बोधन नभए १७ गते देखि एल पि ग्यासको पिडिओ खरिद ठप्प पार्ने , सबै रिफाईनरीहरुबाट एल पि ग्यास लोडिङ्ग बन्द गर्ने, एल पि ग्यास लोड भएका बुलेटहरु भन्सार नाकाबाट नछुटाउने लगायत कार्यक्रम सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष गोकुल भण्डारीले अनधिकृत उद्योग इजाजत, नेपाली बुलेट संचालनमा ढिलाई , बीमा लगायतका माग अझै सम्बोधन हुन नसकेकाले आफुहरु काम ठप्प पार्न बाध्य भएको बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : ५८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५