एरिक्सन सम्झौता प्रकरण : आरकमले ४ साताभित्र ४ अर्ब ५३ करोड तिर्नुपर्ने « Khabarhub

एरिक्सन सम्झौता प्रकरण : आरकमले ४ साताभित्र ४ अर्ब ५३ करोड तिर्नुपर्ने


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको सर्वोच्च अदालातले एरिक्सन सम्झौता प्रकरणमा मुछिएको दुरसञ्चार कम्पनी रिलायन्स कम्युनिकेशन आरकमका अध्यक्ष अनिल अम्बानी र कम्पनीका अरु दुई निर्देशकलाई अदालतको मानहानी गरेको अभियोगमा दोषि ठहर गरेको छ ।

उनीहरुलाई अदालतले ४ अर्ब ५३ करोड भारतीय रुपैयाँ चार साताभित्र तिर्न आदेश दिएको छ । सर्वोच्च अदालातले उनीहरुले त्यो रकम तोकिएको समयभित्र नतिरेमा तीन महिनाको जेल सजाय हुने समेत फैसला सुनाएको छ ।

सन् २०१४ मा स्विडेनको एरिक्सन कम्पनीसँग भएको सम्झौता अनुसार रिलायन्सले एरिक्सनलाई ५ अर्ब ५० करोड तिर्न बाँकी नै रहेको भन्दै अघिल्लो वर्ष एरिक्सनले अदालतमा मुद्धा दायर गरेको थियो । गत अक्टोबरमा अदालतले पैसा तिर्न आदेश दिएपछि रिलायन्सले केबल १ अर्ब १८ करोड भारतीय रुपैयाँ मात्रै जम्मा गर्न सफल भएको थियो । हालै रिलायन्सले टाट पल्टेको भन्दै आवेदन दिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : ०४ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको