शान्ति सुरक्षा कामय गर्न सरकार क्रियाशीलः मन्त्री थापा « Khabarhub

शान्ति सुरक्षा कामय गर्न सरकार क्रियाशीलः मन्त्री थापा


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका छन् । राष्ट्रियसभाको शून्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका समसामयिक विषयका बारेमा बुधबार बसेको राष्ट्रियसभाको बैठकमा जानकारी गराउदै उनले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताएका हुन् ।

उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहरुको खोजी भईरहको तथा अपराधी पत्ता लगाउन उदासिनता देखाउने प्रहरीमाथि पनि कारबाही भएको जानकारी गराए । उनले सुन तस्करीको सञ्जाललाई सरकारले ध्वस्त पार्न सफल भएको र सम्बन्धित अपराधीलाई कानूनी कठघरामा ल्याईएको बताए ।

सुन काण्डको सवालमा सुन तस्करीमा संलग्न ठूला माछाहरु मूलभूत रुपमा नियन्त्रणमा आईसकेको भए पनि केही माछाहरु अझै जाल बाहिर रहेको स्वीकार्दै तीनीहरुलाई समात्ने र जालमा ल्याउने प्रक्रिया जारी रहेको बताए ।

गृहमन्त्री थापाले राजनीतिक आन्दोलनमा मृत्युवरण गरेका सर्वसाधरणलाई छिटै शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराए । उनले यातायात क्षेत्रको सिण्डिकेट पनि कानूनी रुपमा अन्त्य भईसकेको भन्दै अन्य क्षेत्रमा देखिएको सिण्डिकेट पनि अन्त्य गर्दै लगिने स्पष्ट पारे । राष्ट्रियसभाको अर्को बैठक आगामी आईतबार २ बजेर ३० बजे बस्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : ३२ बजे

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी