धैर्यतालाई कमजोरी नठान्न राजपाको चेतावनी « Khabarhub

धैर्यतालाई कमजोरी नठान्न राजपाको चेतावनी


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनको प्रतिवद्धता तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै राजपा सांसद लक्ष्मण लाल कर्णले अविलम्व संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले सरकारले गरेका प्रतिवद्धता पूरा गर्नबाट पछि हटे सरकार र राज्यप्रतिको विश्वास घटेर जाने भन्दै उनले आफूहरुको धैर्यतालाई कमजोरीको रुपमा नबुझ्न चेतावनी दिए ।  उनले समर्थन फिर्ता लिने, सडकमा जाने र संसद घेराउ गर्ने जस्ता उछृंखल गतिविधि गर्न आफूहरुलाई बाध्य नबनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद कर्णले संविधान संसोधन र राजनीतिक आन्दोलनका क्रममा नियन्त्रणमा रहेका आफ्ना कार्यकर्ताको रिहाईको लागि प्रतिवद्धता जनाएकाले सरकारलाई समर्थन गरेको स्मरण गराउदै सरकारको आश्वासमा धेरै दिन धैर्य गर्न नसक्ने बताए ।

प्रतिनिधिसभाको यसअघिका बैठकमा पनि राजपाका सांसदहरुले संविधान संसोधन, मधेस आन्दोलनका क्रममा आफूहरुका कार्यकर्तामाथि लगाईएको मुद्दा फिर्ता लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : ५९ बजे

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक