पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

पदोन्नति भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पदोन्नति भएका प्रहरी अधिकृतलाई बुधबार दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
नेपाल सरकार, गृह मन्त्रालयको फागुन ७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकमा पदोन्नति भएका ३९ प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दज्यानी चिह्न प्रदान गरेका हुन् ।

दज्र्यानी चिह्न प्राप्त गर्नेमा प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १३ र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका २६ जना छन् । बढुवा भएका एक जना प्रहरी वरिष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा कार्यरत रहेकाले उनी आएपछि दज्यानी चिह्न प्रदान गरिने जनाइएको छ ।

प्रहरी महानिरीक्षक खनालले सङ्गठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकतासहित चुस्तरुपमा सेवा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
राष्ट्रको सार्वभौमतामाथि असर गर्ने क्रियाकलाप तथा गैरकानूनी गतिविधिविरुद्ध कानूनी कारवाहीमा दृढतापूर्वक लाग्न निर्देशन दिँदै उनले समुदाय प्रहरी साझेदारी कार्यक्रमले स्रोतसाधन परिचालनमा सहजता भएको बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ९ : ३८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी