‘हाई ब्लड प्रेसर’ घटाउन दैनिक खजुर खानु उत्तम « Khabarhub

‘हाई ब्लड प्रेसर’ घटाउन दैनिक खजुर खानु उत्तम


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जीवनशैली र खानपानका कारण मानिसहरुमा ब्लड प्रेसरको समस्या दिनप्रतिदिन बढ्दो छ ।

मुटुको धमनीहरूमा प्रेसर बढ्ने बेला अर्गन सप्लाई गर्नका लागि ज्यादा प्रेसर लगाउनु पर्छ । यसलाई नै हाई ब्लड प्रेसर भन्ने गरिन्छ ।

टाउको दुख्नु, चक्कर आउनु र धड्कन बढ्ने जस्ता यसका प्रमुख लक्षण हुन् । हाई ब्लड प्रेसर एक गम्भीर समस्या रुपमा मानिन्छ ।

हाई ब्लड प्रेसरबाट पीडित व्यक्तिले आफ्नो बीपी कन्ट्रोल राख्न अत्यन्तै जरुरी छ । यदि बीपी कन्ट्रोल गर्न सकिएन भने शरीरका अंगहरूमा असर पर्छ । हाई ब्लड प्रेसर भयो भने हार्ट अट्याक, किडनीमा खराबी जस्ता समस्या बढ्न सक्छन् ।

खानपान, गलत आदत, मानसिक तनाव र ठीकसँग निद्रा नलाग्नु यसको मुख्य कारण मानिन्छ । ब्लड प्रेसर न्यून गर्ने केही घरेलु विधि छन् जसमध्ये एउटा हो खजुर ।

खजूर खानाले ब्लड प्रेसर कंट्रोल गर्न सकिन्छ । खजूरमा धेरै मात्रामा भिटामिन र मिनरलका साथसाथै प्रोटीन पनि पाइन्छ । यसका अलावा फाइबरको गुणले पनि खजूरलाई लाभदायक मानिन्छ । खजूरको भिटामिन बी १, बी २, बी ३, बी ५, ए १ र भिटामिन सी पनि पाइन्छ । खजूरमा पोटासियम पनि भरपूर पाइन्छ । मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत पुर्‍याउँछ ।

खजूरको ड्राई फ्रूटको श्रेणीमा राखिन्छ । प्रत्येक दिन बिहान तीन वटा दाना खजूर खादा स्वास्थयका लागि राम्रो हुन्छ । खजूर खानेवित्तिकै तातो पानी खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । यो उपायलाई लगातार एक महिना निरन्तर गर्नुपर्छ । ब्लड प्रेस हुने व्यक्तिले एक्सरसाइज नियमित गर्नुपर्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ७ : १६ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको