डा.राजीव कुमार झालाई सुप्रबल जनसेवाश्री पदक | Khabarhub Khabarhub

डा.राजीव कुमार झालाई सुप्रबल जनसेवाश्री पदक


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विभिन्न पदक तथा भूषणद्वारा विभूषित गर्दैछ ।

यही क्रममा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका प्रोफेसर डा. राजीव कुमार झा लाई सुप्रबल जनसेवाश्री (तृतीय) पदक प्रदान गरिने भएको छ ।

विगत २३ वर्षदेखि चीनमा रहेका झा सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ का निर्देशक हुन् ।

चीन सरकारले पाँच करोड रुपैयाँभन्दा बढी खर्चेर उनको नाममा ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ खोलेको छ। सेन्टरको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमणमा गएका बेला गरेका थिए।

चीनको सान्सी प्रान्तले युवा वैज्ञानिकका रूपमा झालाई सन् २०१५ मा ‘१०० ट्यालेन्ट’ को उपाधि प्रदान गरेको थियो। एमबीबीएसदेखि नै छात्रवृत्तिमा चीनमा अध्ययन गरेको झा हाल आमाशयमा हुने क्यान्सरको औषधि पत्ता लगाउने अनुसन्धान गरिरहेका छन्।

चीनको सियान मेडिकल विश्वविद्यालयमा प्राध्यापनरत झा सान्सी प्रान्तका नेपालका लागि ‘नागरिक दूत’ पनि हुन। उनी सन् २०१८ मा सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा विशिष्ट विशिष्ट व्यक्तित्वलाई प्रदान गरिने ‘सियान फ्रेण्डसिप अवार्ड’ बाट समेत पुरस्कृत भएका छन्।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ९ : ५७ बजे

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन