काठमाडौंका यी ठाउँमा जाँदै हुनुहुन्छ ? आज लाग्दैन गाडी भाडा « Khabarhub

काठमाडौंका यी ठाउँमा जाँदै हुनुहुन्छ ? आज लाग्दैन गाडी भाडा


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उपत्यकाका विभिन्न स्थानमा पुग्न आज शुल्क तिर्नु नपर्ने भएको छ ।

संविधान दिवसका अवसर विभिन्न स्थानमा पुग्ने यात्रुलाई लक्षित गरी सुन्दर यातायातका प्रालिले सञ्चालनमा ल्याएको विद्युतिय बसमा भाडा तिर्नु नपर्ने व्यवस्था ल्याएको हो ।

बुधवार यातायात व्यवस्था विभागले कम्पनीका बसहरुमा नम्बर प्लेट राखेसँगै कम्पनीले भाडा सहितको सेवा सुरु गरेको भएपनि आज संविधान दिवसको अवसर पारेर निशुल्क यात्राको व्यवस्था गरिएको सुन्दर यातायात प्रालिका सञ्चालक भेषबहादुर थापाले खबरहबलाई जानकारी दिए ।

‘शुक्रवार बिहानैदेखि ७ वटा बसले निशुल्क रुपमा यात्रुलाई आवतजावत गरिरहेको छन्’ उनले भने ।

निजी क्षेत्रको सार्वजनिक विद्युतीय सवारी कम्पनी सुन्दरले गत भदौ २३ गतेबाट सेवाको सुरुवात गरेको थियो ।

यी रुटमा निशुल्क घुम्नुस्

सुन्दर यातायातका बसमा यात्रा गर्ने चक्रपथ, नारायणथान, जावलाखेल—मेडिसिटी अस्पताल, गोगंवु सामाखुसी गौशला कोटेश्वर सल्लाघारी ढुंगेअड्डा—कलंकी—त्रिपुरेश्वर—वीरअस्पताल—जमल—कृष्णपाउरोटी—रोतोपुल—गौश्ला—चावहिल साथै सूर्यविनायक—कोटेश्वर—बानेश्वर—वीरअस्पताल र जमल लगायतका स्थानमा आवतजावत गर्नका लागि यात्रुले निशुल्क यात्रा गर्न पाउनेछन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  १२ : ५२ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका