दीपाश्री निरौला भन्छिन् – हामी नेपाली चलचित्र क्षेत्रलाई बिस्तार गर्न आएका हौ‌ँ « Khabarhub

दीपाश्री निरौला भन्छिन् – हामी नेपाली चलचित्र क्षेत्रलाई बिस्तार गर्न आएका हौ‌ँ


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा ३’ ले गत वर्ष बक्स अफिसमा सफलता पायो । दीपकराज गिरी एण्ड टिमसँग मिलेर बनाएको यो फिल्मले दर्शकको ध्यान खिच्न सफल भयो । अहिले सोही टिमले चलचित्र ‘छ माया छपक्कै’ बनाएको छ । टिममा यसपटक निर्माता रोहित अधिकारी पनि मिसिएका छन् ।

दीपक–दीपाका फिल्म प्रायः दशैँमा नै प्रदर्शनमा आउँछन् । यसपटक भने दशैँ सकिएपछि मात्र फिल्म प्रदर्शनमा आउने भएको छ । चलचित्र यही असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, केकी अधिकारी, जितु नेपाल, सुपुष्मा भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् ।

मल्टीस्टारर फिल्म भए पनि चलचित्र ‘कबड्डी ३’, ‘रातो टीका निधारमा’ र हिन्दी फिल्म ‘वार’ का कारण यो फिल्म पछाडि धकेलिएको छ । यता दीपाश्री निरौलाले भने सबै नेपाली फिल्म चल्नुपर्छ भनेर रिलिज मिति पछाडि सारेको प्रतिक्रिया दिएकी छिन् ।

पहिले दशैँको रिलिज मिति नछोड्ने भनेको फिल्म युनिटले अन्ततः दशैँपछिको मिति रोजेको थियो ।

‘नेपाली फिल्महरु जुधेर होइन, सधै मिलेर अगाडि जाने हो भनेर हामीले मिति पछाडि सारेका हौँ,’ दीपाश्रीले भनिन्, ‘सबै फिल्म चल्नुपर्छ र सबै फिल्मले कमाउनुपर्छ, त्यसपछि मा नेपाली चलचित्रको विकास हुन्छ ।’

साथै निरौलाले आफूहरु यो क्षेत्रमा अर्को फिल्मसँग जुध्न यो क्षेत्रमा नआएको बताइन् । ‘हामी चलचित्र क्षेत्रलाई राम्रो बनाउन र बिस्तार गर्न आएका हौँ, जुध्न आएका होइनौँ,’ उनले अगाडि थपिन्, ‘एउटा मात्र होइन, सबै फिल्म चल्नुपर्छ, जुधेर हुँदैन ।’

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ३ : ४० बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७