‘जर्सी नम्बर २१’ले जोगाएको हार… « Khabarhub

‘जर्सी नम्बर २१’ले जोगाएको हार…



काठमाडौं– तेस्रो संस्करणको यु–१८ साफ च्याम्पियनसिपको उद्घाटन खेल शुक्रबार दिउँसो हलचोकमा शुरु भइरहँदा धेरैको आँखा थियो नेपाली ‘प्लेइङ लिष्टको शुरुवाती ११’ मा ।

त्यहाँ सबै खेलाडी उत्तिकै क्षमतावान थिए । तर, सबैको ध्यान भने ‘जर्सी नम्बर २१’ ले तान्यो । माल्दिभ्सविरुद्धको शुरुवाती ११ मा थिए जर्सी नम्बर २१ का खेलाडी– ‘मनिस डाँगी’ । उनी नेपाली टोलीका लागि यतिबेला ‘हट केक’का रुपमा रहेका छन् ।

समुन्द्र कटेर आएका मनिसले नेपालका लागि पहिलो खेलमा कस्तो प्रदर्शन गर्लान् भन्ने धेरैको अपेक्षा थियो । उनीहरुको अपेक्षा उनले पूरा गरे । दक्षिण कोरियाबाट नेपाली युवा टोलीका लागि खेल्न आएका मनिस डाँगीको गोलले नै नेपाल यु–१८ साफ च्याम्पियनसिपमा माल्दिभ्ससँगको खेलमा हारबाट जोगियो ।

मनिसलाई नेपाली टोलीको डेब्यु खेलमा गोल गर्न फरवार्ड ब्रिजेश चौधरीले पास मिलाएका थिए । ब्रिजेशको पासलाई सदुपयोग गरेका मनिसले १–० गोलले अघि रहेको माल्दिभ्ससँगको खेल १–१ बराबरीमा ल्याए ।

कोरियाली एकेडेमीबाट नेपालका लागि खेल्न आएका मनिसले राम्रो खेले पनि आफूलाई लयमा ल्याउन कठिन भइरहेको थियो । पहिलो हाफमा उनलाई गोल गर्ने अबसर जुटेको थिएन खेलका क्रममा सहक्रमीहरुले पनि उनीमाथि खासै विश्वास गरको देखिएन ।

युवा टोलीका प्रशिक्षक चेत नारायण श्रेष्ठले मनिसले आफूले पनि पहिलो हाफमा नर्भस भएको स्वीकारेको बताएका छन् ।

‘मनिसले पहिलो हाफमा खुलेर खेल्न सकेको थिएन । उनले आफैले पनि म केही नर्भस भए भनेजस्ता कुरा गरेका थिए,’प्रशिक्षक श्रेष्ठले पोष्ट म्याच कन्फ्रेसनमा भने,‘तर दोस्रोे हाफमा उत्कृष्ट खेले जसको फलस्वरुप नेपाल हारबाट जोगियो ।’

माल्दिभ्स्माथि हावी देखिएको घरेलु टोलीका रक्षापंक्तिका रोशन दोङले विपक्षी टोलीका कप्तान हसन नाजिमलाई गलत ‘ट्याकल’ गर्दा माल्दिभ्सले खेलको सुरुवातीमै पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टी प्रहार गरेका कप्तान नाजिमले नेपालको पोष्टमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको शुरुवाती १५ मिनेटभित्रै पाहुना टोलीले अग्रता बनाउँदा घरेलु टोलीका खेलाडीहरु दबाबमा आएका थिए । पटक–पटक गोल गर्ने अवसर पाए पनि नेपाली खेलाडीले बल जाली चुमाउन सकेनन् ।

‘हाम्रा खेलाडीले राम्रो खेलेका थिए । तरपनि पहिलो हाफमा गोल खाँदा खेलाडीहरु केही प्रेसरमा आएका थिए । पछि लय समाते,’ प्रशिक्षक श्रेष्ठले भने ।

यता, पाहुना टोलीका प्रशिक्षक साज्ले मोहम्मदले नेपालविरुद्ध जितेको अपेक्षा राखेको बताए ।

‘नेपाली टोली माल्दिभ्सभन्दा राम्रो थियो । त्यहि अनुसार राम्रो पनि खेल्यो । तर, हामी जित वा बराबरीकै लक्ष्यमा थियौं,’ प्रशिक्षक साज्लेले भने्,‘यहाँको मैदान केही ‘गिलो’ भएकाले पनि हाम्रा खेलाडीलाई समस्या भयो । हामीले टर्फमा अभ्यास गरेका कारण नेचुरल मैदानमा खेलाडीलाई केही असहज भयो ।’

खेलका क्रममा नेपालका मिडफिल्डर नितिन थापा घाइते भए । माल्दिभ्सका पनि केही खेलाडी खेलकै दौरान घाइते भइर स्टेचरमा बाहिर ल्याउनु परेको थियो । नेपालका प्रशिक्षक श्रेष्ठले पनि सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा खेल्न खेलाडीलाई असहज भएको बताए ।

‘मैदानले पनि केही असहजता पक्कै भएको हो । मैदान ‘गिलो’ थियो । तर, म्याच कमिस्नरले ठिक छ भनेर खेल खेलाइएको हो,’ प्रशिक्षक श्रेष्ठले भने,‘हिजो माल्दिभ्सले यहाँ समस्या हुने अवस्था आए ‘टर्फ’ मैदानमै खेल्न आफू तयार रहेको बताएको थियो । तर, प्राविधिक टोलीले ठिक छ भनेपछि यहाँ खेलिएको हो ।’

नेपाली युवा टोलीले जावलाखेलको मैदान, एन्फा मैदान र पोखरामा गरी प्रतियोगिताको तयारी गरेको थियो । अब नेपालले दोस्रो खेल भुटानसँग आइतबार खेल्दैछ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ७ : १६ बजे

बल्छीको ‘गोबर गणेश’ले व्यापार ९ दिनमा १ करोड नाघ्यो

काठमाडौं – मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन, शीर्ष भूमिका

आमाको दूधको विकल्प खोज्न नहुनेमा सरोकारवालाको जोड

वालिङ– सरोकार भएका निकायका प्रतिनिधिले शिशुका लागि आमाको दूधको विकल्पमा

‘पारस’को नायिकामा जशिताको प्रवेश, निखिल जोडी बन्ने

काठमाडौं – कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका

बालेनलाई ईको कटाक्ष : बहसमा चिप्लिनुभन्दा मञ्चन र नियोजित प्रस्तुति देखाउनु नै बेस !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाहले

आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

पर्वत– बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र