ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा ४ घाइते « Khabarhub

ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा ४ घाइते


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना१ज ८४२८ नम्बरको म्याजिकलाई विपरीत दिशाबाट आइरहेको लु२ख ६७३ नम्बरको ट्रकले ठक्कर दिँदा म्याजिकमा सवार चालकसहित चार जना घाइते भएका हुन् ।

घाइतेमध्ये चितवनको इच्छाकामना गाउँपालिका–६ बस्ने ३७ वर्षीया सरीमाया गुरुङको अवस्था गम्भीर रहेको छ । घाइतेहरु सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

दुईवटै सवारी साधनसहित ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ८ : २२ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका