तपाईंको खुट्टा फर्कने समस्या छ ? यसरी घरैमा उपचार गर्नुहोस् « Khabarhub

तपाईंको खुट्टा फर्कने समस्या छ ? यसरी घरैमा उपचार गर्नुहोस्


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय मानिसमा लाग्ने रोग पनि अनेकन देखिएका छन् । विशेषगरी हाडजोर्नीलगायतका रोगले ६० वर्षमाथिका मानिसलाई सताउने गरेको छ भने खानपान र जीवनशैलीका कारण बिरामी हुने पनि धेरै छन् । यी बिरामी मानिसको सूचीमा खुट्टा फर्कने समस्या पनि बढ्दो अवस्थामा छ ।

कहिलेकाही हामीलाई खुट्टा अर्थात् पिँडौँला फर्कने समस्याले सताउछ । खुट्टा फर्किंदा अत्यन्तै शारीरिक पीडा हुन्छ । खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनु वा अर्कोपट्टी सर्नुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ।

प्रायः राति खुट्टा पल्टिने वा बाउँडिनु गदर्छ। एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन्छ। तिघ्राबाहेक खुट्टाको पैताला तथा शरीरका अन्य भाग पनि बाउँडिने गर्छ। यो समस्या अधिकांश मानिसले भोग्ने गरेका हुन्छन्।

पल्टिएको ठाँउमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइको महसुस हुन्छ। तिघ्राको मासु पल्टने अवधि केहि समयदेखि धेरै मिनेटसम्म हुने गर्छ। दुखाइ कम भएपछि एकैठाउँ डल्लो परेको मासु ठीक ठाउँमा आउन केही समय लाग्ने गर्छ । सबै उमेरका मानिसहरुमा यो समस्या देखिन्छ । प्रायः अधवैँसे तथा बुढाबुढीहरुमा यो समस्या बढी देखिने गर्छ।

खुट्टा फर्किने वा बाउँडिने समस्याको यकिन कारण भने छैन। विविन्न कारणले गर्दा यस्तो समस्या देखापर्छ। मानव शरीरमा क्याल्सियम र पोटासियम नामक भिटामिनको कमी हुँदा यो समस्या देखा पर्ने डाक्टरहरु बताउछन् । सामान्यतया निम्न समस्याहरुले गर्दा खुट्टा फर्किने गर्दछ ।

१. पोषक तत्वको अभाव
२. लामो समयसम्म उभिँदा
३. जलवियोनन
४. गर्भवती
५. हाइपो थाइराइड
६. अनियन्त्रित मधुमेह
७. मध्यपानको प्रयोग

अकास्मत रुपमा आईपर्ने यो समस्याले कुनै संकेत दिदैन । फलस्वरुप एकान्त तथा एक्लै भएको अवस्थामा खुट्टा फर्किने समस्याले वढी पिरोल्ने उनको भनाई छ ।

एक्कासी खुट्टा फर्किएमा आराम गर्ने, फर्केका ठाउँमा हल्का हल्लाएर मालिस गर्ने, फर्केका भागमा हिर्काएर भाईव्रेशन दिएमा खुम्चेका मशल तथा नशाहरु १० देखि २० मिनेटमा यथास्थानमा जाने गर्दछ । जसले खुट्टा फर्किने समस्या समाधान गर्न सकिन्छ ।

यसको रोकथामका उपायहरु यस्ता छन् :-

१. प्रशस्त पानी, फलफूलको रस र दालको रस पिउने।

२. धेरै मध्यपान, कफी र सोडा सेवन नगर्ने।

३. सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ। सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ।

४. लगातार लामो समय सम्म नउभिने। अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने।

५. सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने।

६. १० देखि १५ मिनेट मासु फर्किएको छ भने मसाज गराउने।

७. खुटृा पल्टेको समयमा हिँडने अथवा मज्जाले हाँस्ने। यसले दिमागमा खुम्चने र फुक्ने सन्देश प्रवाह हुने हुँदा छिटो सन्चो हुन्छ।

८. पल्टिएको ठाँउमा तातोले सेक्ने। तातोले खुम्चिएको मासु छिटो फुक्नलाई सहयोग गर्छ।

९. पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खाने कुरा (फलफूल, गेडागुडी आदि) प्रशस्त खाने।

१०. पटक-पटक खुट्टा पल्टने समस्या दोहोरिए, तुरून्त चिकित्सकको सल्लाह लिने।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ४९ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन