स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकियो « Khabarhub

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकियो


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा एट्लेटिको भ्यालेन्सियासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा एट्लेटिकोले १० खेलाडीमा सिमित भ्यालेन्सियासँग बराबरी खेलेको हो ।

खेलको ३६ औं मिनेटमा डिएगो कोष्टाले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, खेलको ८२ औं मिनेटमा डानी परेजोले गोल गर्दै भ्यालेन्सियालाई हारबाट जोगाए ।

यस्तै खेलको इन्जुरी समयमा ली कान्गिनले रातो कार्ड पाएपछि भ्यालेन्सिया अन्तिम केहि समय १० खेलाडीमा समेटिएको थियो ।

यो बराबरीसँगै चौंथो स्थानको एट्लेटिकोले ९ खेलबाट १६ अंक जोडेको छ । छैटौं स्थानको भ्यालेन्सियाले १३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : ३० बजे

चौध बुँदे घोषणापत्र जारी गर्दै ‘कोशी मिडिया समिट’ सम्पन्न

सुनसरी – यहाँको इटहरी उपमहानगरपालिकामा आज आयोजित ‘कोशी मिडिया समिट’

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप