पटका पड्काउँदा दुर्घटना भयो के गर्ने ? « Khabarhub

पटका पड्काउँदा दुर्घटना भयो के गर्ने ?


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको सम्मुखमा छौ हामी । तिहारमा दिपावली र पटका परिपूरक जस्तै बनेका छन् ।

सरकारले पटका पड्काउन निषेध गरेको भएपनि टोल छिमेकमा पटकाको आवाज सुनिन्छ । लुकीछिपी पटका पड्काउने गरिन्छ नै । तिहारलाई नै लक्षित गरी अवैध रुपमा व्यापारीहरुले पटका ल्याउने गरेको पाइन्छ ।

कतिपय पटका प्रहरीले चेकजाँचका क्रममा जफत गरे व्यापारीहरले पटका भित्र्याउन छाडेका छैनन् ।  तिहारमा पटका पड्काउँदा ठूलो दुर्घटना निम्तिन सक्छ । त्यसबारे समयमै सचेत हुनु जरुरी हुन्छ ।

पटका पड्काउनु खतरापूर्ण काम हो। त्यसैले यो जथाभावी रुपमा नपड्काएको राम्रो मानिन्छ। पड्काउनै परे घर वा आवासीय क्षेत्र देखि टाढा पड्काउनुपर्छ ।

बालबालिकाहरूलाई एक्लै दियो बाल्ने वा पटका पड्काउने काममा छाड्नु हुँदैन । दियो, पटका बाल्दा प्रज्वलनशील कपडा जस्तै पोलिष्टर, टेरिकटनको कपडा नलगाउन चिकित्सकहरु सल्लाह दिन्छन् । साडी जस्ता खुला कपडाले आगो सजिलै टिप्ने हुँदा यस्ता कपडा लगाउनुहुँदैन ।

पूरा नजलेको पटका हातमा लिनु खतरापूर्ण हुने हुँदा जलिसकेका वा आधा जलेका पटकालाई पानीमा डुबाएर निभाउनुपर्छ । पटका पड्काउँदा आगो लागिहालेमा यस्ता सावधानी अपनाउनुपर्छ-

– आगो निभाउने प्रयत्न गर्ने आत्तिएर नदौडिने। सुरक्षित ठाउँमा पुगेर आगो निभाउने।

–सबै कपडा फुकाल्ने। घडी,गहना, औंठी निकाल्ने। यसो नगरे ताप भित्रै थुनिएर जलन गहिरो हुनसक्छ।

–आगो निभे पछि पोलिएको भागलाई ठण्डा बगिरहेको पानीमा राखेर चिस्याउनु पर्छ। यसो गर्नाले पनि ताप भित्र सोसिन पाउँदैन र जलन गहिरो हुन पाउँदैन।

–बरफ लगाउनाले जलेको छालालाई अझ बढी हानी पुग्छ। पानी पनि धेरै चिसो हुनु जरुरी छैन। धाराको पानी पनि लगाउन सकिन्छ। कचौरामा पानी राखेर डुबाउँदा चिस्याउन प्रक्रिया त्यति छिटो नहुने हुँदा यो पनि ठीक तरिका ठिक नहुने चिकित्सक बताउँछन् ।

–पोलेको घाउमा चिस्याउनु अघि मलम, दन्तमञ्जन, नुन, गोलभेंडा, घिउकुमारी आदि लगाउनाले जलन अझै गहिरो हुने हुँदा यसो नगर्नुनै राम्रो मानिन्छ ।

– पटकामा हुने बारुदका कणहरु छालामा टाँसिएर लगातार जल्दा जलन गहिरो हुनेहुँदा छिट्टै अस्पतालमा जानुपर्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : २७ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६