चीनका राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणको क्रममा नेकपा भित्र सवैभन्दा कम महत्व पाएका पात्र हुन, माधव नेपाल ।
तीन पटकसम्म पार्टीको नेतृत्व गरेका, २२ महिनासम्म प्रधानमन्त्री भएर देश सञ्चालन गरेका नेता नेपालले राष्ट्रपति सीलाई त्यतिवेला मात्र भेटन पाए जतिवेला नेकपा अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सचिवालय सदस्यहरुको बैठक राखियो ।
यसवेला अध्यक्ष दाहालले राष्ट्रपति सीलाई पार्टीका नेताहरु चिनाउँदा पनि नेता नेपाललाई झलनाथ खनालभन्दा पछि चिनाए र राष्ट्रपति सीसँग यसैबेला पुर्वप्रधानमन्त्री नेपालले हात मिलाउन पाए ।
चीनका राष्ट्रपति सी फर्केको ठयाक्कै सात दिनपछि पुर्वप्रधानमन्त्री माधव नेपालले निकै गहिरो अर्थ लाग्ने बाक्य बोले । उनले भनेका छन्, ठूला देशले धेरै माया गर्यो भने खतरा हुन्छ किनकी सवैका आ–आफ्ना स्वार्थ हुन्छन ।
नेपालमा करिव २२ घण्टा बिताएर राष्ट्रपति सी चीन फर्किए । उनी फर्किएकै दिन नेकपा नेता देवेन्द्र पौडेल, वेदुराम भुषाललगायतको जम्वो टोली चीन भ्रमणमा निस्कियो ।
यतिवेला नेकपा नेता तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि चीनमा पुगिसकेका छन । चीन जानु अघि उनले नेपाल चीन युथ कोअपरेशन कार्यक्रममा लामो समय चीनको पक्षमा बोले तर यसरी बोल्ने क्रममा चीनका राष्ट्रपति सीलार्ई वारम्वार राजुदत भने र क्षमा पनि मागेनन् ।
चीनका राष्ट्रपति सी त स्वदेश फर्किसके तर नेपालमा यसको तरंग अलि लामो समयसम्म नै हुने पक्कापक्की छ । सीको भ्रमणले उत्तरबाट २३ बर्षसम्म यस स्तरको भ्रमण नभएको रिक्ततापुर्ति मात्र गरेन, सत्तारुढलार्ई अति फुर्ति पनि बढाइदियो ।
राजनीतिका जानकारहरु महरालाई चिनियाँहरुको भित्रिया भन्दछन । उनले अमेरिकी सहयोग लिनको लागि संसदबाट पास गर्नुपर्ने विध्येक संसद सचिवालयमा थन्काएर पनि नेकपा भित्र कै केही र्याडिकल मानिसको दवावमा राखेको वुझिन्छ ।
जस्तो, सीलाई विदाइ गरेपछि प्रधानमन्त्री फर्किए र सैनिकको ११ नम्वर बाहिनीको पटांगिनीमा केहीबेर सुस्ताए । उनले नेपाल प्रहरीको नृत्य खुव मनपराए र सवैलाई धन्यवाद भने । अनि, हिडने बेलामा फेरि एक पटक अघिको नृत्य हेरौं त भनेर फर्माइश पनि गरे ।
उनी मात्र होइन उनको पुरा टिम चीनका राष्ट्रपति सीको भ्रमणमा भएको स्वागत सत्कार, सुरक्षा, मिडिया कभरेज सवैबाट प्रफुल्लित थियो ।
गृहमन्त्रीले सुरक्षाकर्मीलाई बधाइ दिए । सञ्चारमन्त्री आकस्मिक रुपमा नेपाल टेलिभिजनको कक्षमा पसेर सवैलाई धन्यवाद दिए ।
तर जुन दिन चीनका राष्ट्रपति सी फर्के, उसै दिन नेपाली कांग्रेसले चियापानको आयोजना गरेको थियो । सोही कार्यक्रममा भर्खर चीनका राष्ट्रपति सीलाई विदाइ गरेको दलका द्धितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असाध्यै लाक्षणिक तर झस्काउने प्रतिक्रिया दिए ।
उनले कांग्रेसको चियापानमा सामुन्ने रहेका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको सामुन्नेमा भने–यहाँ आउँदा आफ्नै दलको कार्यक्रममा आएजस्तो लाग्छ । कांग्रेस नभएको भए शान्ति प्रक्रिया यहा आइपुग्दैन थियो । हेर्दै जाउँ, राजनीति हो, कुन दिन कोल्टो फेर्छ यसै भन्न सकिन्न ।
१० बर्षसम्म युद्ध गरेर आएका अध्यक्ष दाहाल अलि भावुक पनि छन । उनी मनका कुरा कति न कति बेला खुस्काइहाल्छन । चीनका राष्ट्रपति सीको भ्रमणको रापतापले पुरै नेपाल तरंगित भएको र यसको आभाले मुहार नै हजार सुर्यको जस्तो उज्यालो भएको प्रधानमन्त्रीको छेउमा उनले तत्क्षण किन यस्तो बोलेर खण्डग्रास चन्द्रग्रहण लागेको जस्तो बनाइदिए ? यसको राजनीतिक अर्थ के निकाल्ने ?
अध्यक्ष दाहाल यति मात्र रोकिएका छैनन । उनी यसपछि चितवन पुगेका छन । अचेल उनी चितवनमा पुगेर कडा राजनीतिक भाषण गर्न थालेका छन । उनले त्यहा भने– चीनका राष्ट्रपति सीको बोलीले अलिकति फिल भयो । मन दुख्यो । अलि होच्याउन खोजे जस्तो भयो ।
नेकपा सचिवालय सदस्यहरुको संयुक्त बैठकमा चीनका राष्ट्रपति सीले हामी बोल्नको लागि वोल्दैनौं, गर्नको लागि वोल्छौं भनेका थिए । उनले यसो भनेर नेपालीहरु वोल्छन तर गर्दैनन तथा यिनको बोलीको ठेगान छैन भन्ने अर्थमा यसो भनेका थिए ।
शायद, अध्यक्ष दाहाललाई यो कुराले चित्त दुखायो । सीको यो भनाईसँगै नेकपाका अन्य शीर्ष नेतामा एक किसिमको तरंग उत्पन्न भएको देखिन्छ । राजनीति सरल रेखामा हिँड्दैन । यो बक्ररेखामा नै चल्दछ ।
चीनका राष्ट्रपति सी आउदा बाजागाजा र धुमधडाका गरेको नेकपा नेतृत्वको सरकार अब कुन दिशामा अघि बढला भनेर लख काटिरहेको बेलामा पछिल्ला दिनमा केही नया र अनौठा क्रियाकलाप देखिन थालेको छ ।
प्रचण्डको यस्तो अभिब्यक्ति आइरहेको बेलामा प्रधानमन्त्री केपी ओलीले पनि फायर खोले । कसैले थर्काएर आफु नथर्किने जनाउ दिएका छन । अध्यक्ष ओलीले यो कुरा सिधै अध्यक्ष दाहाललाई भनेका हुन ।
समय जति घर्किदैछ, उति नै नेकपा भित्रको आन्तरिक किचलो बाहिर छताछुल्ल हुन थालेको छ । र, सरकारको नियत पनि प्रष्ट हुन थालेको छ । चीनका राष्ट्रपति सी आउदा बाजागाजा र धुमधडाका गरेको नेकपा नेतृत्वको सरकार अब कुन दिशामा अघि बढला भनेर लख काटिरहेको बेलामा पछिल्ला दिनमा केही नया र अनौठा क्रियाकलाप देखिन थालेको छ ।
चीनले नेपालसँग गरेको २० बुदे समझदारीमा रेलको कुरा जसरी खुलेर आउछ भन्ने सरकारलाई लागेको थियो, त्यसरी खुलेन । केवल यसको सम्भाब्यता अध्ययन गर्ने मात्र भनिएको छ ।
नेपाल चाहन्थ्यो कि चीनले नेपालमा रेल आउछ भनोस भनेर । र, यसैलाई गेम चेन्जर भनाउने नेपालको रणनीति थियो । तर यस्तो भएन । र, चीनका राष्ट्रपति सीले सोल्टीमा सम्वोधनको क्रममा नेपाललाई ३ बर्षको लागि दिने भनेको ५६ अर्ब रुपैया पनि कतै कुनै समझदारी वा १४ वुँदे संयुक्त बक्तब्यमा पनि परेन ।
अमेरिकाले दिने भनेको एमएमसीको ५५ अर्ब रुपैयालाई काउन्टर दिन चीनले दिने भनेको ५६ अर्ब रुपैया पनि आश्वासनमा मात्र सीमित रहयो । र, रोचक त के रहयो भने केही दिन यता प्रधानमन्त्री ओली अमेरिकी सहयोगको ५५ अर्ब रुपैयाँ जसरी पनि ल्याउने रणनीतिमा जुटन थालेका छन ।
उनले मुखै खोलेर उनै अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बलात्कार अभियोग लागेर प्रहरीको फन्दामा परेका तत्कालिन सभामुख कृष्णवहादुर महराको अमेरिकी सहयोग आउन नसकेको अभियोग नै लगाउन भ्याए ।
अबको संसदबाट यो विषयलाई पास गरेर अमेरिकाले दिने भनेको सहयोग रकम लिने कुरा प्रधानमन्त्रीले सार्वजनिक मञ्चमा नै बोलिसकेका छन । यसको सोझो अर्थ हो, तत्कालिन सभामुख महरा र प्रधानमन्त्रीको बीचमा कुरा नमिल्नु ।
राजनीतिका जानकारहरु महरालाई चिनियाँहरुको भित्रिया भन्दछन । उनले अमेरिकी सहयोग लिनको लागि संसदबाट पास गर्नुपर्ने विध्येक संसद सचिवालयमा थन्काएर पनि नेकपा भित्र कै केही र्याडिकल मानिसको दवावमा राखेको वुझिन्छ ।
अब नयाँ संसद पास गर्ने कुरा स्वयम प्रधानमन्त्रीले बताउनु र मुद्रा कोषको कार्यक्रममा भाग लिन भन्दै अर्थमन्त्री डा.युवराज खतिवडा तत्काल न्युयोर्क पुग्नु केवल संयोग मात्र हुन सक्दैन ।
यसबाट वुझ्न सकिन्छ कि नेपाल अब अमेरिकासंग केही समय माग्ने र संसदबाट पास गरेर अमेरिकी सहयोग लिने दाउमा लागेको छ । तर, यसो गर्दा चीनले दिने भनेको ५६ अर्ब रुपैया चाहि के हुन्छ ?
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखलाई निम्त्याएर नेकपासंग ६ वुदे सम्झौता गरी भ्रातृसम्वन्ध राख्ने नेता नेपालले ठुला देशको आफनै स्वार्थ हुन्छ भन्नुको गहिरो अर्थ छ ।
चीनका राष्ट्रपति सीलाई नेपाल भित्रयाउन सफल भएको आफैले आफनो पीठ थपथपाउदै गरेका प्रधानमन्त्री ओली किन फेरि अमेरिकातिर लागे ?
यो भने बडा रोचक पाटो छ । समय संगसंगै विस्तारै नखुलेको रहस्य खुल्दैछन । राजनीति र कुटनीतिका कतिपय जानकारहरु सी नेपाल आउनुमा न प्रधानमन्त्री न परराष्ट्रमन्त्री भुमिका छ भन्न थालेका छन ।
उनीहरुको यो अभिब्यक्तिलाई ध्यान दिने हो र नेकपा नेता माधव नेपालको कुरालाई एकछिन मनन गर्ने हो भने एउटा अर्थ निस्कन्छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखलाई निम्त्याएर नेकपासंग ६ वुदे सम्झौता गरी भ्रातृसम्वन्ध राख्ने नेता नेपालले ठुला देशको आफनै स्वार्थ हुन्छ भन्नुको गहिरो अर्थ छ ।
यसैबाट चीनका राष्ट्रपति सी नेपालले बोलाएर आए कि उनी आफना केही स्वार्थ पुरा गर्न आए भन्ने बुझ्न सकिन्छ । र, बुझ्न पर्ने अर्को पनि कुरा के छ भने नेपाल आउनु अघि चेन्नइमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक रुपमा ६ घण्टासम्म के सम्वाद गरे ?
के नेपाल सम्वन्धको बारेमा उनीहरुबीच कुनै सम्वाद नै भएन होला ? यसअर्थमा सी नेपाल आउनुमा मोदीको हात छ भन्न सकिन्छ । वामनेता राधाकृष्ण मैनाली यसैमा थप्दै भन्छन–भारतको अनुरोधमा सी नेपाल आएका हुन ।
के प्रचण्ड सिद्धान्तले ओतप्रोत भएर त्यसैलाई कार्यान्वयन गर्दै हिडने सिद्धान्तवादी नेता हुन ? दार्शनिक मान्यता र ब्याख्या विश्लेषण अनुसार राजनीति गर्ने पात्र हुन वा नाफा घाटाको विश्लेषण गरि चल्ने मानिस हुन ?
यसो हो भने प्रचण्डमा यो छटपटाहट चाहि किन त ?
महरा प्रकरणपछि प्रचण्ड झन छटपटाहटमा देखिन्छन । उनी कहिले युद्धको कुरा गर्न थालेका छन त कहिले कम्युनिष्ट पार्टीमा कम्युनिष्ट चरित्र नभएको बताउन थालेका छन ।
के प्रचण्ड सिद्धान्तले ओतप्रोत भएर त्यसैलाई कार्यान्वयन गर्दै हिडने सिद्धान्तवादी नेता हुन ? दार्शनिक मान्यता र ब्याख्या विश्लेषण अनुसार राजनीति गर्ने पात्र हुन वा नाफा घाटाको विश्लेषण गरि चल्ने मानिस हुन ?
राजनीतिको कखरा वुझेका मानिस पनि उनलाई सिद्धान्तवादी मान्दैनन । यदि यस्तो हुन्थ्यो भने उनले १२ वुदे सम्झौता नै गर्दैनथे । र,तिनै प्रचण्डमा अहिले यति छटपटी देखिन्छ कि उनी चुलवुले देखिएका छन ।
यसको कारण के हो भन्ने कुरा वुझ्न एकपटक प्रधानमन्त्री ओलीका कुरा सन्नुपर्छ । उनले सार्वजनिक रुपमा शनिवार भनेका छन–प्रचण्डजी अध्यक्ष हुन तर एक्लै वैठक राख्न मिल्दैन ।
किनभने मैले पनि एक्लै वैठक राखेको छैन । अनि, उनीसँग आधाआधी कार्यकाल वाँड्ने कुरा भएको छ भने यसमा फेरि अर्को समझदारी हुनुपर्छ ।
अर्थात प्रधानमन्त्री ओली अध्यक्ष दाहाललाई सहअध्यक्ष बनाउन तयार छन तर एकल अध्यक्ष दिन तयार छैनन र प्रधानमन्त्री पनि बनाउन तयार छैनन ।
प्रतिक्रिया