तीनजना फरार अभियुक्त पक्राउ « Khabarhub

तीनजना फरार अभियुक्त पक्राउ


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरले लामो समयदेखि ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएको तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

यसरी पक्राउ परेकामा उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–१ का वर्ष ६८ को सोभितमान श्रेष्ठ, सोही स्थानका वर्ष ५२ को प्रकाश माझी र वर्ष ६१ को दलबहादुर कार्की रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले बताए ।

फरार प्रतिवादीलाई जिल्लाको पूर्वी भागका विभिन्न स्थानमा लुकिछिपी बस्दै आइरहेको अवस्थामा शनिबार पक्राउ गरिएको प्रहरी प्रमुख बुढामगरले बताए ।

२०४५ सालमा जङ्गलमा मकैबाली जोगाउन र बाँदरलाई धपाउनको लागि बन्दुक हान्दा सोही स्थानका कमल राईको मृत्यु भएको मुद्दामा अभियुक्त फरार रहँदै आएको प्रहरीले बताएको छ ।

तत्कालीन जिल्ला अदालतले अभियुक्तलाई दोषी भएको भन्दै केही समयको लागि कैदको फैसला सुनाएको भए पनि ती अभियुक्तहरु फरार रहँदै आएको र गोप्य सूचनाको आधारमा अभियुक्त लामो समय जिल्ला बाहिर र हाल जिल्लाभित्रनै लुकिछिपी बस्दै आएको बुझिएपछि शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १० : ४५ बजे

‘राजा चाहिँदैन’ भन्दै दशौँ लाख अमेरिकी सडकमा

मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको

दीपक खड्कालाई पक्राउ पुर्जी नदिई समातिएको सचिवालयको दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

बैतडीका पाटन र सुर्नयामा निःशुल्क प्रजनन स्वास्थ्य शिविर

दशरथचन्द– बैतडीका दुई पालिकामा प्रजनन स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ

चितवनमा परीक्षा दिन हिँडेका दुई विद्यार्थीको नारायणीमा डुबेर ज्यान गयो

चितवन– भरतपुर महानगरपालिका-३ बाह्रघरेचोकस्थित मुनलाइट बोर्डिङ स्कुलका दुई विद्यार्थीको आइतबार

ज्ञापनपत्र बुझाउँदै एमालेले भन्यो : गौरीबहादुर कार्कीको प्रतिवेदन खारेज गर

भैरहवा- नेकपा (एमाले) रुपन्देहीले पार्टी अध्यक्ष केपी शर्मा ओली तथा