बहिनीको बिहेमा रोएको भन्दै दाजुलाई कारबाही « Khabarhub

बहिनीको बिहेमा रोएको भन्दै दाजुलाई कारबाही


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विवाह गरेर छोरीचेली अन्माउँदा माइतीपक्ष रुने गर्दछन् । विवाहपछि चेली अन्माउँदा कतिपय दाजुभाई आफ्नो आँसु रोक्न सक्दैनन् ।

स्वभाविक पनि हो, बर्षौं आफूले हुर्काएको छोरीचेली पराई घरमा बिदा गर्दा कुन माइतीको आँसु रोकिएला र ? तर विश्वमा यस्तो देश पनि छ जहाँ चेली अन्माउँदा रोएको भन्दै माइतीलाई कारबाही भएको छ ।

रुसको चेचेन्या भन्ने स्थानमा बहिनीलाई अन्माउँदा रोएको भन्दै उनका दाजुलाई कारबाहीसहित सजाय दिइएको छ । बहिनीको बिवाहमा मन थाम्न नसकेर रुएको अभियोगमा ती बहिनीका दाजुलाई सार्वजनिक रुपमा माफी मगाईं सजाय दिइएको हो ।

एक साता अघि एक भाइरल भिडियोमा बहिनीको बिवाहको अन्तिम समयमा दाजु रोएको देखेपछि माफी मगाइएको थियो । खासमा रुसको चेचेन्यामा विवाहमा रुनु त्यहाँको परम्परा विपरित मानिन्छ ।

चेचेन्याका स्थानीयले भाइरल भिडियोमा दाजु रोएको देखेपछि त्यस उपर कारबाहीको माग गरेका थिए । उनीहरुको मागपछि त्यस बिषयमा ठूलो विवाद भयो । अन्ततः स्थानीय धार्मिक नेताले उनलाई रोएकोमा माफी माग्नु पर्ने आदेश सुनाए ।

बिहेको बेला रुनु चेचेन्याको परम्पराको विपरीत भएको र ती दाजुले त्यसको उल्लंघन गरेको धार्मिक नेताको ठहर थियो । चेचेन्यामा हुने विवाहको अझ रोचक कुरा के छ भने बहिनीको बिहेमा दाजु जान पाउँदैनन् । तर यहाँ त दाजु जाने मात्र होइन वहिनीको विवाहमा गई रोइदिएपछि त यसले चेचेन्याको नियमको घोर उल्लंघन गरेको ठहर भयो । फलस्वरुप ती दाजुले रोएकोमा सार्वजनिक माफी मागे । त्यसपछि उक्त घटनाबारे बहस सकिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १ : ०७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल