एन्फाका पूर्व अध्यक्ष थापाको आत्मकथा आउँदै | Khabarhub Khabarhub

एन्फाका पूर्व अध्यक्ष थापाको आत्मकथा आउँदै


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियाली फुटबल महासंघ (एएफसी) का पूर्व उपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले आत्मकथा ल्याउने भएका छन् ।

बुकहिल पब्ललीकेशनले बजारमा ल्याउन लागेको थापाको आत्मकथाको आवरण आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।
राष्ट्रिय फुटबल टोलीको खेलाडी, कप्तान हुँदै झण्डै २ दशक एन्फाको नेतृत्वमा रहेका थापाको आत्मकथाको सहलेखन तथा सम्पादन खेलकुद पत्रकार हिमेशरत्न बज्राचार्यले गरेका छन् । आत्मत्मकथा आगामी फागुनमा सार्वजनिक हुनेछ ।

थापाको आत्मकथा नेपाली फुटबलमा केन्द्रित रहने थापाले बताएका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एएफसीको प्रतिबन्धमा रहेका थापाको आत्मकथामा उनीसँग जोडिएको भ्रष्ट्राचार अभियोगमा लेखा समितिले गरेको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय, फिफाको प्रतिबन्ध, एएफसीका तत्कालीन अध्यक्ष महमद बिन हमामसँगको सम्बन्धबारेको विषय समेटिने जनाइएको छ ।

यस्तै राष्ट्रिय टिममा रहदाँ नेपाललाई दिलाएका सफलता र एन्फा अध्यक्ष हुदाँको रोचक विषयवस्तु समेत आत्मकथामा समावे हुने जनाइएको छ । कार्यक्रममा बोल्दै थापाले आत्मकथामा आफ्नो जीवनका विविध घटनालाई ईमान्दारपूर्वक राखेको दाबी गरेका छन् ।

थापाले आफूप्रति नेपाली समाजले बनाएको धारणा परिवर्तन ल्याउन यो पुस्तकले सघाउँने बताएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : १९ बजे

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन

काठमाडौं– संघीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

रौतहट– रौतहटमा आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले 

कवाडी व्यवसायीले काठमाडौं महानगर घेर्दा जे देखियो (तस्बिरहरू)

काठमाडौं- कवाडी व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको हस्तक्षेपविरुद्ध निरन्तर आन्दोलन चर्काउन थालेका

तेस्रो पटक प्रधानमन्त्री बनेपछि आफ्नो निर्वाचन क्षेत्र बनारसमा मोदी

काठमाडौं– तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक आफ्नो निर्वाचन

५०० हेक्टरभन्दा बढी क्षमताका सिँचाइ आयोजना संघीय सरकारले बनाउने

काठमाडौं– पहाडी भेगमा ५०० हेक्टरभन्दा बढी सिँचाइ क्षेत्रफलमा सिँचाइ क्षमता