अमेरिकाको सान फ्रान्सिस्कोमा ‘चौँथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९’ हुने « Khabarhub

अमेरिकाको सान फ्रान्सिस्कोमा ‘चौँथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९’ हुने


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको सान फ्रान्सिस्कोमा ‘चौँथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९’ हुने भएको छ । अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा यही नोभेम्बर ३० देखि डिसेम्बर १ सम्म हुने आयोजकले जनाएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्डबारे जानकारी दिइयो ।

गोल्बल नेपाली फिल्म अवार्ड एलएलसी युएसए, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर युएसएले सयुक्त रुपमा आयोजनामा हुने अवार्ड समारोहमा नेपाली चलचित्रकर्मीहरुलाई समेत सम्मान गरिने जनाइएको छ । कलाकारलाई पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजकको भनाइ छ ।

यसअघि ३ संस्करण सम्पन्न गरिसकेको आयोजकले यो कार्यक्रमले  ‘भिजिट नेपाल २०२०’ को नारालाई पनि सहयोग पुर्‍याउने लक्ष्य लिएको छ । आयोजकका अनुसार पर्यटन प्रवर्धन गर्ने उद्देश्यले  कलाकार सहितको सहभागितामा बर्कली शहरको मुख्य सडकनै बन्द गरी ‘नेपाल डे परेड’ समेत मनाइनेछ ।

तेस्रो संस्करणमा आइपुग्दा यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्रियाउने अवार्डका उद्देश्य रहेको जनाइएको छ ।

साँझ ६ बजे देखि बर्कली को यु सी थिएटरमा हुने अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । साथै कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका स्थापित, नवकलाकार लगायत अति लोकप्रिय कलाकारहरुको समेत उपस्थिति रहने आयोजकको दाबी छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ४० बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा