अमेरिकाको सान फ्रान्सिस्कोमा ‘चौँथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९’ हुने « Khabarhub

अमेरिकाको सान फ्रान्सिस्कोमा ‘चौँथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९’ हुने


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकाको सान फ्रान्सिस्कोमा ‘चौँथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९’ हुने भएको छ । अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा यही नोभेम्बर ३० देखि डिसेम्बर १ सम्म हुने आयोजकले जनाएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्डबारे जानकारी दिइयो ।

गोल्बल नेपाली फिल्म अवार्ड एलएलसी युएसए, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर युएसएले सयुक्त रुपमा आयोजनामा हुने अवार्ड समारोहमा नेपाली चलचित्रकर्मीहरुलाई समेत सम्मान गरिने जनाइएको छ । कलाकारलाई पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजकको भनाइ छ ।

यसअघि ३ संस्करण सम्पन्न गरिसकेको आयोजकले यो कार्यक्रमले  ‘भिजिट नेपाल २०२०’ को नारालाई पनि सहयोग पुर्‍याउने लक्ष्य लिएको छ । आयोजकका अनुसार पर्यटन प्रवर्धन गर्ने उद्देश्यले  कलाकार सहितको सहभागितामा बर्कली शहरको मुख्य सडकनै बन्द गरी ‘नेपाल डे परेड’ समेत मनाइनेछ ।

तेस्रो संस्करणमा आइपुग्दा यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्रियाउने अवार्डका उद्देश्य रहेको जनाइएको छ ।

साँझ ६ बजे देखि बर्कली को यु सी थिएटरमा हुने अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । साथै कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका स्थापित, नवकलाकार लगायत अति लोकप्रिय कलाकारहरुको समेत उपस्थिति रहने आयोजकको दाबी छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ४० बजे

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले