लिचीको बिरुवा रोपेर प्रधानसेनापतिद्वारा वृक्षरोपण उद्घाटन « Khabarhub

लिचीको बिरुवा रोपेर प्रधानसेनापतिद्वारा वृक्षरोपण उद्घाटन


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- प्रधानसेनापति पूर्णचन्द्र थापाले झापाको कमल गाउँपालिका–५ मा रहेको सेनाको २१ नम्बर बाहिनी परिसरमा आज लिचीको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको उद्घाटन गरेका छन् ।

प्रधान सेनापति कमाण्डमार्ग निर्देशन–२०७५ को लक्ष्यअनुसार ‘एक सैनिक एक फलफूलको बिरुवा’ अभियानअन्तर्गत विभिन्न जातका फलफूलका बिरुवा बाहिनी परिसरमा रोपिएका छन् । कार्यक्रममा प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले सरकारले प्रदेशमा ४० लाख फलफूलसहित विभिन्न जातका बिरुवा रोपण गर्ने कार्यक्रम बनाएको जानकारी गराए ।

बाहिनी परिसरमा एक हजार ४०० आँप, ८०० लिची, ७०० कटहर, १०० नरिवल, एक हजार ५०० सुपारी, १०० एभोकाडो, ५०० केरालगायतका फलफूलका बिरुवा रोपिने बाहिनी पति डा आशबहादुर तामाङले बताए । उनका अनुसार एक हजार बिरुवा डिभिजन वन कार्यालयले प्रदान गरेको र बाँकी बाहिनीले नै खरीद गरेर रोपिने छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ४२ बजे

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले