लिचीको बिरुवा रोपेर प्रधानसेनापतिद्वारा वृक्षरोपण उद्घाटन « Khabarhub

लिचीको बिरुवा रोपेर प्रधानसेनापतिद्वारा वृक्षरोपण उद्घाटन


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- प्रधानसेनापति पूर्णचन्द्र थापाले झापाको कमल गाउँपालिका–५ मा रहेको सेनाको २१ नम्बर बाहिनी परिसरमा आज लिचीको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको उद्घाटन गरेका छन् ।

प्रधान सेनापति कमाण्डमार्ग निर्देशन–२०७५ को लक्ष्यअनुसार ‘एक सैनिक एक फलफूलको बिरुवा’ अभियानअन्तर्गत विभिन्न जातका फलफूलका बिरुवा बाहिनी परिसरमा रोपिएका छन् । कार्यक्रममा प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले सरकारले प्रदेशमा ४० लाख फलफूलसहित विभिन्न जातका बिरुवा रोपण गर्ने कार्यक्रम बनाएको जानकारी गराए ।

बाहिनी परिसरमा एक हजार ४०० आँप, ८०० लिची, ७०० कटहर, १०० नरिवल, एक हजार ५०० सुपारी, १०० एभोकाडो, ५०० केरालगायतका फलफूलका बिरुवा रोपिने बाहिनी पति डा आशबहादुर तामाङले बताए । उनका अनुसार एक हजार बिरुवा डिभिजन वन कार्यालयले प्रदान गरेको र बाँकी बाहिनीले नै खरीद गरेर रोपिने छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ७ : ४२ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण