अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सोमबारदेखि « Khabarhub

अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सोमबारदेखि


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा काठमाडौँमा सोमबारदेखि तीन दिने अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ ।

‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ विदेशमा रहेका २० देशबाट कार्यक्रममा युवा वैज्ञानिकले भाग लिने भएका छन् । विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा लागेका युवाहरुमा भएको ज्ञान, अनुभव, सीप र क्षमताको आदनप्रदान गर्न करीब ३०० जना स्वदेश तथा विदेशमा रहेका युवा वैज्ञानिकले सम्मेलनमा भाग लिने तयारी अघि बढेको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए ।

“स्वदेश तथा विदेशमा रहनुभएका नेपाली युवा वैज्ञानिकले एकै थलोमा बसी विज्ञान विषयमा छलफल गरी उहाँहरुले निकालेको निचोडलाई प्रस्ताव पास गरी नेपाल सरकार समक्ष नीति निर्माणको लागि पु¥याउने छौं”, ढुङ्गेलले भने, “विज्ञान र प्रविधि विषयक यस सम्मेलनले भविष्यमा सरकारलाई नीति तय गर्न महत्वपूर्ण सहयोग पुग्नेछ ।”

मुलुकलाई समृद्धितर्फ लैजान युवा वैज्ञानिकले समाजमा कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयक व्यापक छलफल हुने बताइएको छ ।सम्मेलनमा उपस्थित युवा वैज्ञानिकले १८ वटा मुख्य विषयमा आफ्नो भनाइ राख्ने, लगभग १५० विषयमा कार्यपत्र प्रस्तुत गर्नेलगायत विज्ञान, प्रविधिक विषयक १० वटा प्रदर्शनी कक्ष रहेने ढुङ्गेलले बताए ।

“सम्मेलनमा भारतीय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त वैज्ञानिक प्रा डा कृष्णलालले विज्ञान, प्रविधि र नवप्रवर्तन विषयक आफ्नो भनाइ व्यक्त गर्नुहुनेछ । सम्मेलन पश्चात विज्ञान र प्रविधिको क्षेत्रमा लागेका जनशक्तिले आफ्नो पेशालाई मर्यादित बनाउने नाष्टका वैज्ञानिकको बुझाइ छ ।

नाष्टका अनुसार सो सम्मेलन छलफलहरु हुने समाजका लागि विज्ञान, समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाको लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवाको सहभागिता, विज्ञानमा कूटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनको नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायत विषयमा हुने जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ९ : ३० बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने