नेपालका ३० प्रतिशत बालबालिका अझै जोखिमयुक्त श्रममा | Khabarhub Khabarhub

नेपालका ३० प्रतिशत बालबालिका अझै जोखिमयुक्त श्रममा


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका ३० प्रतिशत बालबालिका अझै जोखिमयुक्त श्रममा संलग्न रहेको पाइएको छ ।

पछिल्लो सर्वेक्षणअनुसार नेपालमा कुल एक लाख चार हजार ७१४ बालबालिका श्रममा संलग्न रहेको पाइएकोमा ३० प्रतिशत जोखिमयुक्त श्रममा छन् ।

दिगो विकास लक्ष्य (एसडीजी) ले सन् २०२५ सम्म बालश्रम निषेधित एवं निर्मूल गर्ने लक्ष्य लिए पनि यो तथ्याङ्कले लिएको लक्ष्यमा पुग्न सजिलो नभएको सङ्केत गर्दछ ।

एसडीजी प्राप्त गर्नका लागि नेपालमा लगातार पहल् भइरहेको छ । श्रम रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले दोस्रो १० वर्षे बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७४–२०८३) कार्यान्वयनमा ल्याएको छ । उक्त गुरुयोजनाको उद्देश्य नेपालबाट सबै प्रकारको बालश्रम पूर्ण रूपमा निवारण गरी मुलुकलाई बालश्रमरहित बनाउने रहेको छ ।

गुरुयोजनाले लिएको लक्ष्यअनुसार वि.सं. २०७९ सम्ममा निकृष्ट र शोषणयुक्त बालश्रम निवारण गर्ने, यसका लागि आवश्यक पर्ने नीति रणनीति तथा कानुन पहिचान, संशोधन वा सुधार गर्ने र यसका लागि सार्वजनिक तथा सामाजिक संयन्त्र एवं संरचनाको संस्थागत क्षमता विकास गर्ने रहेको छ तर त्यो लक्ष्य पूरा गर्न सजिलो भने नभएको बाल अधिकारकर्मी बताउँछन् ।

बाल अधिकारकर्मी धर्मराज श्रेष्ठले बालश्रम अन्त्य गर्न नेपालमा नीतिगत रूपमा धेरै राम्रा काम गरे पनि व्यावहारिक कार्यान्वयनमा खासै प्रगति नभएको बताउनुभयो । दिगो विकास लक्ष्य आठ दशमलव सातमा विशेष गरी बाध्यकारी श्रम, आधुनिक दासत्व र मानव तस्करी, उन्मूलन गर्न तत्कालीन र प्रभावकारी उपाय अपनाउने र बाल सैनिकको प्रयोग भर्तीलगायतका सबै बाल श्रमलाई सन् २०२५ सम्ममा निषेधित एवं निर्मूल गर्ने उल्लेख छ ।

पन्ध्रौँ योजना २०७६/०७७ देखि २०८०/०८१ को आधारपत्रले बाल अधिकार सुनिश्चित भएको बालमैत्री समाजको परिकल्पना वा सोच लिएको छ । जसमा सबै प्रकारका बालश्रम अन्त्य गर्न आवश्यक व्यवस्था गर्ने उल्लेख छ । राजधानीमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को आयोजनामा बुधबारदेखि काठमाडौँमा बालश्रम, बाध्यकारी श्रम र मानव बेचबिखन अन्त्य गर्न दिगो विकास लक्ष्य आठ दशमलव सातसम्बन्धी एसिया क्षेत्रीय सम्मलेन शुरु भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ७ : ३२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र