प्रदीपसँग फिल्म जुध्ने चर्चा चलेपछि पूजाले गरिन् खण्डन « Khabarhub

प्रदीपसँग फिल्म जुध्ने चर्चा चलेपछि पूजाले गरिन् खण्डन


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक अनलाइन समाचार पोर्टलमा ब्रेकिङ न्यूज भन्दै नायिका पूजा शर्मा र आकाश श्रेष्ठको जोडी बाँधिने गरी ‘मन परेसी पर्‍यो पर्‍यो’ फिल्म निर्माण हुने र सो फिल्म चैत्र २८ मा रिलिज हुने खबर आएपछि नायिका पूजा शर्माले यो समाचारमा सत्यता नभएको बताएकी छिन् ।

सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै पूजाले आफ्नो एट्याचमेन्ट जोडिएको फिल्मसँग आफू कहिल्यै नजुध्ने समेत बताएकी छिन् ।

‘जीवनमा आरु फिल्मसँग जुध्न सक्छु होला तर मेरो आफ्नो प्रोजेक्ट, मेरो एउटा एट्याचमेन्ट भएको फिल्म हो त्यो,’ उनले भनेकी छिन्, ‘न मैले उक्त फिल्म साइन गरेकी छु, न ओके भनेकी छु, कृपया पहिले मलाई सोध्नुस् ।’

पूजाले फिल्मप्रति भन्दा पनि फिल्मको रिलिज मितिलाई लिएर यस्तो धारणा राखेको हुनसक्ने चर्चा चलेको छ । पूजा शर्मा र प्रदीप खड्का दुवैले फिल्म ‘प्रेम गीत’ मा अभिनय गरेका थिए । यी दुवैका लागि यो करिअरकै महत्त्वपूर्ण फिल्म थियो ।

पछिल्लो समय पूजा र प्रदीपले एकसाथ काम गरेका छैनन् । तर, पूजाले आफू ‘प्रेम गीत’ सिरिजसँग कहिले पनि जुध्न नचाहेको प्रतिक्रिया दिएकी छिन् ।

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गर्ने फिल्म ‘प्रेम गीत ३’ को यतिबेला चर्चा छ । फिल्मका लागि भनेर निर्माण टिमले यतिबेला सेट तयार पारिरहेको छ । यो फिल्म नयाँ वर्ष पारेर चैत २८ मा प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १० : ४२ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन