नेपाली फुटबल टोली आज स्वदेश फर्किंदै « Khabarhub

नेपाली फुटबल टोली आज स्वदेश फर्किंदै


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२० तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगत घरेलु खेल अन्तरगतको कुवेतसँगको खेल खेल्न भुटान पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्किदैछ ।

मंगलबार भएको कुवेतसँगको खेलमा १–० गोलको हार व्यहोरेको नेपाली टोली बिहीबार दिउँसो २ बजेर २० मा काठमाडौं उत्रिने समय तालिका रहेको छ ।

काठमाडौंमा हुनु पर्ने खेल एएफसीले दशरथ रंगशाला खेल्न अयोग्य भनेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानलाई तटस्थ भूमिका रुपमा छानेको थियो ।

विश्वकप छनोटमा ५ खेल खेलेको नेपालले एक खेलमा जित हात पारेको छ । चाइनीज ताइपेइलाई उसैको घरमा २–० गोलले पराजित गरेको नेपाल अंक तालिकामा चौथो स्थानमा छ ।
समूह बि मा रहेको नेपालको तालिकामा अहिलेसम्म अपराजित रहेको अष्ट्रेलिया १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनीज ताइपेइविरुद्ध काठमाडौंमै खेल्नेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ११ : ३८ बजे

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था