नेपाली फुटबल टोली आज स्वदेश फर्किंदै « Khabarhub

नेपाली फुटबल टोली आज स्वदेश फर्किंदै


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२० तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगत घरेलु खेल अन्तरगतको कुवेतसँगको खेल खेल्न भुटान पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्किदैछ ।

मंगलबार भएको कुवेतसँगको खेलमा १–० गोलको हार व्यहोरेको नेपाली टोली बिहीबार दिउँसो २ बजेर २० मा काठमाडौं उत्रिने समय तालिका रहेको छ ।

काठमाडौंमा हुनु पर्ने खेल एएफसीले दशरथ रंगशाला खेल्न अयोग्य भनेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानलाई तटस्थ भूमिका रुपमा छानेको थियो ।

विश्वकप छनोटमा ५ खेल खेलेको नेपालले एक खेलमा जित हात पारेको छ । चाइनीज ताइपेइलाई उसैको घरमा २–० गोलले पराजित गरेको नेपाल अंक तालिकामा चौथो स्थानमा छ ।
समूह बि मा रहेको नेपालको तालिकामा अहिलेसम्म अपराजित रहेको अष्ट्रेलिया १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनीज ताइपेइविरुद्ध काठमाडौंमै खेल्नेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ११ : ३८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

आज २०८२ साल माघ १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको