सामाजिक सञ्जालमा प्रश्न– गोकर्णलाई मन्त्रीबाट किन हटाइयो प्रधानमन्त्री ज्यू ? | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा प्रश्न– गोकर्णलाई मन्त्रीबाट किन हटाइयो प्रधानमन्त्री ज्यू ?


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको मन्त्री पद गुमेसँगै सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।

विष्टको मन्त्री पद गुमेसँगै सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक आलोचना भइरहेको हो ।

विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको नयाँ जिम्मेवारी दिइएको छ ।

श्रम मन्त्रीविष्टले आन्तरिक श्रम बजार, वैदेशिक रोजगारी र अन्य नीतिगत सुधार काम राम्रो काम गर्दागर्दै हटाएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । केपी ओली नेतृत्वको सरकारका राम्रा मन्त्रीको विदाइले सरकारको काम गराइ सपस्ट भएको कतिपयको टिप्पणी रहेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्य केही मन्त्रीसँग तुलना गर्दै उनीहरुले गरेको राम्रो र विष्टले गरेको नराम्रो के हो भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका छन् ।

२०७४ चैत्र २ गते श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री विष्टले २१ महिना श्रम मन्त्रालय धेरै सुधारका काम सुरु गरेको दाबी गरेका छन् ।

आफ्नो कार्यकालमा आन्तरिक रोजगारी र बैदेशिक रोजगारीलाई सुधार गर्न नीतिगत तथा कानुनी सुधारसंगै व्यवस्थापकीय सुधार भएको दाबी गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १२ : ०२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले