लक्ष्मी कमर्सियल भेहिकलद्वारा गुर्जुधारामा सर्भिस सेन्टरको सुरुवात « Khabarhub

लक्ष्मी कमर्सियल भेहिकलद्वारा गुर्जुधारामा सर्भिस सेन्टरको सुरुवात


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि. (पहिले गोल्ड फिश इन्टरनेशनल प्रा.लि.) ले एकै छत मुनि सर्भिस सेन्टर र ग्लोवल सिरीजको ट्रक र टिपरको नयाँ विश्वव्यापी श्रृंखला बजारमा ल्याएको छ ।

लक्ष्मी कमरसियल भेहिकल प्रालि लक्ष्मी गु्रपको सहायक कम्पनी हो र अब नेपालको लागि एसएमएल इसुजु सवारी साधनहरुको अधिकृत वितरक हो । कम्पनीले नेपालभर ग्राहकहरुलाई उत्कृष्ट विक्री तथा सेवा प्रदान गर्दै आएको एक वर्ष भएको छ ।

कम्पनीले जीएफआइ सर्भिसको नाममा आज नैकाप गुर्जुधारा काठमाण्डौँ स्थित एसएमएल इसुजु फ्ल्यागसिप थ्रीएक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । उक्त सेवा केन्द्र १,००,००० वर्गफिट क्षेत्रमा बाँधिएको छ ।

उक्त सेवा केन्द्रमा विक्री सेवा, स्पेयर पार्ट्स, पि.डि.आइ. केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरु समावेश गरिएको छ । यस थ्रीएक सेन्टरमा गाडी मर्मतका लागि पछिल्लो आधुनिक उपकरणहरु पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरुको व्यवस्थाले राम्रोसँग सुसज्जित छन । यस प्रकारको सेवाको साथसाथै कम्पनीेले प्रतिदिन १८ वटा भन्दा बढी सवारी साधनहरुको सेवा प्रदान गर्दछ ।


विहीवार उक्त कार्यक्रममा कम्पनीले नेपाली बजारका लागि सबैभन्दा धेरै प्रतिक्षा गरिएको नयाँ ग्लोवल सेरिज ट्रक र टिप्पर पनि अनावरण गरेको छ । नयाँ सुरुवात इसुजु डिजाइनको मान्यतामा आधारित छ, जसको नाम ग्लोवल सेरिज रहेको छ । नयाँ ट्रक र टिप्पर यस्तो डिजाइनमा तयार परिएको छ, जुन आधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रतिक हो । इसुजुको ग्लोवल अनुभव र जापनिज प्रविधिको मिश्रण गरिएको छ जुन नेपाली ग्राहकहरुको चाहना र आवश्यकता अनुरुप अपनाइएका कम्पनीको भनाइ छ ।

सबै नयाँ सर्वश्रेष्ठ श्रृङ्खला, इन्धन वर्गमा दक्षता, ड्राइभरको आराममा वृद्धि, राम्रो विविधता उच्च विश्वसनियता, अनुकुल मर्मत लागत र अधिकतम लोडिङ क्षमता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

लक्ष्मी कमर्सियल भेहिकल प्रा.लि . ले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिकर/निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्राइसकेको छ । जसमा एस ७ सिरिजका बसहरु, स्टान्डर्८ बसहरु, एक्जुटिभ एल एक्स कोचेज, ट्रक र टिप्पर लगायत रहेका छन् ।

लक्ष्मी ग्रुप एक प्रतिष्ठित स्तरको उत्पादन र ट्रडिङ हाउस हो जसको नाममा विभिन्न कम्पनीहरु समावेश छन् । अटोमोबाइल क्षेत्रमा विशिष्ट पहिचान सृजना गर्ने क्रममा यसले धेरै वर्ष पहिले देखि अटोमोटिभ डिभीजन सुरु ग¥यो ।

एसएमएल इसुजु पीएस जापानिज मल्टिी नेश्नल सुमिटोमो कर्पेरेशन÷इसुजु मोटर्सबिचको संयुक्त लगानीयुक्त कम्पनी हो ।

यसले ग्राहकहरुको आवश्यकता पुरा गर्ने उद्देश्यले ३३ वर्ष अघिदेखि हलुका र मध्यम व्यापारिक/निजी सवारीसाधनहरु उत्पादन वा उत्पादन प्रविधीमा मात्र केन्द्रित नभएर संगठन भित्र पनि नयाँ संस्कुती र मुल्य प्रणालीको निर्माण गर्दै आएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ४ : ३० बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु