आर्यनको ‘चच हुई’ लाई मल्टिप्लेक्समा न्यून शो ! « Khabarhub

आर्यनको ‘चच हुई’ लाई मल्टिप्लेक्समा न्यून शो !


५ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भोलि शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘चच हुई’ ले मल्टिप्लेक्समा पर्याप्त शो पाउन सकेको छैन । बिहीवार नै बूकिङ खुला गरिएको फिल्मले मल्टिप्लेक्स हलमा न्यून शो पाएको हो ।

आर्यन सिग्देल र मिरुना मगरको आशा गरिएको फिल्मले क्युएफएक्स सर्कलमा शुक्रवार काठमाडौं उपत्यका भित्र जम्मा ५ शो पाएको छ भने नेपालभर १३ शो पाएको छ ।

यस्तै कमलपोखरीको बिग सिनेमाजमा फिल्मले २ शोज पाएको छ । गोंगबुस्थित बीएसआर मुभिजले पनि फिल्मलाई जम्मा २ शो दिएको छ ।
राजधानीमा मल्टिप्लेक्सका हिसाबले सबैभन्दा धेरै व्यापार गर्ने हल क्युएफएक्स चेन हो ।

राजधानीका अन्य मल्टिप्लेक्स हलमा पनि फिल्मले न्यून शो पाएको छ । मल्टिप्लेक्स हलले धेरै शो हिन्दी चलचित्र ‘पागलपन्ती’ लाई दिएका छन् ।

साम्तेन भुटियाले निर्देशन गरेको यो फिल्ममा आर्यन, मिरुना, भोलाराज सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  ४ : ४९ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको