अशुभ भयो भन्दै साइत हेराएरै डेरा सरे प्रधानमन्त्री ! | Khabarhub Khabarhub

अशुभ भयो भन्दै साइत हेराएरै डेरा सरे प्रधानमन्त्री !


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले बसिरहेको भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली अर्को डेरामा सरेका छन् । बुधबार साईत हेरेरै  हाल बसिरहेको भवनबाट वालुवाटारभित्रै रहेको अर्को भवनमा प्रधानमन्त्री ओली सरेका हुन् ।

प्रधानमन्त्रीको निवासका रुपमा रहेकको अहिलेको भवन अशुभ रहेको भन्दै पहिलेदेखि नै कतिपय ज्यातिषहरुले त्यहाँ बस्न नहुने तर्क गर्दै आएका थिए ।

पञ्चायतकालमा तत्कालीन राजाको निर्देशनअनुसार निर्माण गरिएको बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवास अहिले पुरानो र साँघुरो भएको भन्दै हिजैबाट भत्काउन थालिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार उक्त ठाउँमा नयाँ भवन दुई खण्ड (व्लक)मा निर्माण गरिने छ ।

जसमा एउटै भवनभित्र दुईखण्ड हुनेछन् । एउटा खण्ड प्रधानमन्त्रीको नितान्त निजी निवास र अर्को खण्ड सार्वजनिक जस्तै हुने शिलान्याशका बेला भवन विभागले बताएको थियो ।

विभागका अनुसार निजी खण्ड (व्लक) प्रधानमन्त्रीको पारिवारीका प्रायोजका लागि मात्र हुनेछ । तर अर्को खण्ड निजी नै भएपनि मन्त्रिपरिषद् बैठक बस्न कक्ष, प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने स्टुडियो, भेटघाटका लागि हल हुनेछ ।

नयाँ भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले गत २ असोजमा उद्घाटन गरेका थिए । करिब ४९ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने भवन दुई वर्षमा सकिने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ६ : २३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता