पदमचाल के हो ? यस्ता हुन्छन् औषधीय गुण « Khabarhub

पदमचाल के हो ? यस्ता हुन्छन् औषधीय गुण


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको हिमाली क्षेत्रमा पाइने पदमचालबारे धेरैलाई थाहा नहोला । यो एक किसिमको जडीबुटी हो । आयुर्वेदमा यसलाई निकै महत्वका साथ लिइन्छ ।

नेपालको ३००० मिटर देखि ४००० मिटर सम्मको हिमाली भेगमा पदमचालका विरुवाहरु आफै उम्रिएका हुन्छन् । यसको व्यवसायिक खेती भने हालसम्म भएको पाइँदैन । स्थानीयहरुले यसलाई विभिन्न दवाईका रुपमा प्रयोग गर्दै आएका हुन्छन् । बोटलाई अचारका रुपमा पनि खाने गरिन्छ ।

अमिलो हुने यो विरुवाको बोटसँगै जरामा धेरै औषधिय गुण हुन्छ । पछिल्लो समय यसलाई जडिबटी संकलन कर्ताहरुले  जरा किनेर भारत, चीन लगायतका मुलुकमा निर्यात गर्ने गरेका छन् ।

पदमचाल विशेष गरी फिरफिरे, गोब्रे सल्ला जस्ता रुखहरुको छेउछाउमा, थुम्कामा, केही खुला ठाउँ, ढुङ्गाको अन्तर तिर पाउन सकिन्छ। येसको बिरुवा साधरणतया एक देखि दुई मिटरसम्मको अग्लो हुन्छ। येसको जरा र जमिन मुनि हुने कान्ड कसिलो र गठिलो हुन्छ भने बाहिरी भाग केही चाउरी परेको हुन्छ।

यसबाट सुगन्धित वास्ना पनि आउँछ। यसका पात हरु करीब करीब ३० सेन्टीमिटरको हुन्छन। पदमचालको फूलहरु साना र रातो रङ को हुन्छ। पदमचाल विशेषत नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङ लगायतका जिल्लामा पाउने गर्छ ।

के हुँदा कसरी गर्ने ?

कब्जियत, पखला लागेको, ज्वरो आएको अवस्थामा पदमचालको प्रयोग गर्न सिकन्छ । शरीरमा जलन भएमा यसकाे रस बनाएर पिउँदा शरीरलाई शितलता प्रदान गर्छ ।

यसको डाँठलाई सुकाएर जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ ।

त्यस्तै, शरीरको कुनै भाग सुन्नियेको, मर्केको, भाँचिएको अवस्थामा पदमचालको जरा कुटेर गाइको गहुतसग मिसाइ लगाउनाले फाइदा गर्दछ। साथै पदमचालको पात, डाठ, फुललाइ अचार तथा तरकारीमा पनी प्रयोग गरिन्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ७ : ४७ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट