महिला हिंसा र बालविवाह अन्त्यका लागि काम गर्छु : मन्त्री गुरुङ « Khabarhub

महिला हिंसा र बालविवाह अन्त्यका लागि काम गर्छु : मन्त्री गुरुङ


५ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा, बाल विवाहजस्ता सामाजिक विकृतिका अन्त्यका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथ लिए लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उनले महिला हिंसा र बालविवाह रोक्न सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई आफूले प्राथमिकता दिने योजना ल्याउने बताए ।

उनले पदभार सम्हालेलगत्तै बालविवाह अन्त्य हुने गरी दुई महिनाभित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव पनि स्वीकृत गरे ।  महिला र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न सो प्रस्तावलाई अघि बढाउने गरी कार्ययोजना तय गर्न सो प्रस्ताव स्वीकृत गरेका हुन् ।

मन्त्री गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानूनको प्रभावकारी कार्यान्वयनमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  ८ : ३२ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही