उपनिर्वाचन सरकार परिवर्तनका लागि नभई सच्याउनका लागि : नेता कोइराला « Khabarhub

उपनिर्वाचन सरकार परिवर्तनका लागि नभई सच्याउनका लागि : नेता कोइराला


५ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आसन्न उपनिर्वाचन सरकारको परिवर्तनका लागि नभई उसलाई सच्याउनका लागि भएको बताएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–१६ अर्मलाको र्‍यालीमा आयोजित चुनावी सभामा उनले वर्तमान सरकारबाट जनताले ठूलो आशा गरे पनि त्यो पूरा हुन नसकेको आरोप लगाए ।

सरकारको अलोकतान्त्रिक गतिविधिका साथै देशमा महङ्गी, भ्रष्टाचार, हत्या हिंसा जस्ता गतिविधिले प्रश्रय पाएको बताउँदै उनले सरकारलाई सही बाटोमा डोर्‍याउनका लागि यो चुनावमा काँग्रेसले जित्नुको विकल्प नभएको उल्लेख गरे ।

काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी सही ठाउँमा पुर्‍याएर बिसाउने प्रतिबद्धता व्यक्त गरे । आफूले जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै उनले अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने दाबी गरे ।

 

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  ९ : ४५ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा